(किरण थापा) २०७४ चैत्र २७ मंगलवार । मेलम्ची खानेपानी आयोजनाको अन्तिम सुरुङको पनि ब्रेक थ्रु भएको (छिचोलिएको) छ । ७.५ किलोमिटर लामो अन्तिम सुरुङको सिन्धु ग्याल्थुम खण्डमा ब्रेक थ्रु भएको हो ।

प्राविधिक रुपमा सुरुङ खनेर सकिएको भए पनि ब्रेक थ्रु को औपचारिक कार्यक्रम भने चैत २९ गते राखिएको छ । योसँगै मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम सकिएको छ । अब फिनिसिङको काममात्र बाँकि रहनेछ । सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट काठमाडौंमा खानेपानी ल्याउने यस आयोजनाको २६ किलोमिटर सुरुङ ३ खण्डमा विभाजन गरेर सन् २०१० को जुन महिनादेखि खन्न थालिएको थियो । दुईवटा खण्डको यसअघि नै ब्रेक थ्रु भइसकेको छ ।


तपाईको प्रतिक्रिया