(नवराज ढुगाना) २६ चैैैत्र २०७४, । सोलुखुम्बु जिल्लाको दुधकुण्ड गाउँपालिकामा जन्मिहुर्की यही हावापानीमा बाल्यकाल बिताएकी गाउँमा घाँस,दाउरा,मेला-पात, हाट-बजार गरी बाल्यकालको केहि समय सोलुखुम्बुमै बिताएपछि काठमाडौ छिरेकी सगित क्षेत्रमा जमेकी नेपाली गीत-संगीतको क्षेत्रमा सफल रक गायिका हुन् सरस्वती लामा । सानै उमेरदेखि गीत गाउने रुचि उनमा थियो । काठमाडौ आएपछि अध्ययनको सगै उनले संगीत सिक्न सुरु गरिन् । पहिले फ्युचर कल्चरमा संगीत सिकेकी उनले पछि गुरुदेव कामत संग गुरुकुलमा संगीत सिकिन् । लामाले संगीतमै मास्टर सम्मको अध्ययन सकेकी छन् । रक गायिकाको नाताले उनि केहि भल्गर छिन् जुन हाम्रो समाजले पचाउन अलीकति गार्हो मान्छ तर खान छाड्दैन।सरस्वती लामा एक समाजसेवी पनि हुन्। केहि सामाजिक संघ संथामा समेत आवद्द उनको ३ दर्जन भन्दा धेरै गीतहरु रेकर्ड भईसकेको उनको पहिलो गिति एल्वम उत्तर-पुर्व हो त्यहि एल्वमको उडिजाने गित वाट दर्शकले उनलाई रक गायिकाको ट्याग दिएका हुन । दोस्रो “उर्वसी” नामक गीति एल्बम पनि बजारमा आईसकेको छ। उनको उर्वसी को शिर्ष गित उर्वसी नै हिट भएको छ। “उडि जाने हावाले” बोलको गीत जस्तै सगित क्षेत्रमा साङ्गितिक हावासगै उडिरहेकी उनै रकस्टार सरस्वती लामा सँग वेथानचोक खवर डट कम सहकर्मि नवराज ढुगानाले गर्नुभएको भलाकुसारि :

गायिका सरस्वती लामा

 

० आजभोली के मा ब्यस्त हुनुहुन्छ ?
म आफ्नै कार्यझेत्र सागितिक कार्यक्रमहरुमा नै व्यस्थ छु ।

० देशविदेश सबैतिर कार्यक्रम भ्याउनुहुन्छ समय कसरि मिलाउनुहुन्छ?
दर्शक र श्रोता मेरा भगवान हुन उहाहरुको मायाले आजसम्म भ्याएकै छू।

० श्रोताभन्दा दर्शक धेरै छन सरस्वती लामाको भन्ने कुरा छ साचो हो त ?
मेरो विचारमा श्रोता र दर्शक बराबर नै छन तर यथार्थमा जे धेरै भएपनि मेरो लागी खुसिकै कुरा हो । मलाई हेर्नेहरुले सुन्नुहुनेछ र सुन्नेहरुले हेर्नुहुनेछ ।

० अग प्रदर्शन गरेर अश्लिलता मच्चाएको आरोप छ के भन्नुहुन्छ ?
मेरो पनि सबैकै जस्तो मानव अग छ। प्रदर्शन गर्नु जरुरि छैन दर्शकलाई नराम्रो नै लागेको हो भने मेरो कार्यक्रमहरुमा टिकट नपाएको सम्मको समाचारहरु तपाईहरुलाई नै थाहा छ। घुम्टो भित्र लुकेर गित गाएर रक गायीका भईदैन र मेरा दर्शकहरुले पचाउन नसक्ने अश्लिलता म सग छैन।वजारमा आएका ज्योति मगर र सरस्वती लामा दर्शक र समय परिस्थिति कै डिमान्डमा आएका हुन अश्लितता मच्याएर समाज विगार्न हैन।

० फुर्सदको समयमा के गर्न रुचाउनु हुन्छ ?
साथीभाइहरु संग भेटघाट, घुमफिर, सामाजिक सन्जाल र पुस्तकहरु पढ्न मन पर्छ ।

० जीवन के हो ?
जीवन यौटा सुन्दर फुल हो। जसरि यौटा सानो विरुवा हुर्कन्छ फक्रन्छ फुल्छ वासना र रुपले दुनियालाई आकर्शित गर्छ र अन्त्यमा सुकेर झर्छ त्यसरि नै मान्छेको जीवन पनि सकिन्छ।

० प्रेम के हो ?
प्रेम अनुभुति हो ।

० हेर्दा मोडल देखिनुहुन्छ घायल वनाउने रुप छ प्रेम प्रस्ताव कत्तिको आउछ ?
आउछ धेरै तिरवाट त्यो बीपरीत लिंगीमा सामान्य हो ।

० यो स्थानसम्म आउन प्रेरणा कसरी पाउनु भो ?
सानै देखि गित सगितमा रुची थियो, साथमा घरपरिवार साथीभाइ र मेहनतले यो स्थानमा छु ।

० अत्यमा केही भन्न चाहानु हुन्छ ?
मेरा दर्शकहरू मैले व्यक्तिगत कमाएको सम्पती हो, र यो सम्पतिको सहि सदुपयोग गर्ने छु। सरस्वति लामा दर्शक देश र श्रोताको सदैव सम्मान गर्दछे।जसलाई जे मन पर्दैन त्यसको चासो राख्न छाडिदिनुस । मन नपरेको कुराको वर्णन गर्दै हिड्दा फ्रि पव्लिसिटी हुन्छ भन्ने कुरा सबैलाई चेतना भया भन्दै बेथानचोक खबर परिवार र तपाई नवराज ढुगानालाई बिशेष धन्यवाद दिन चाहन्छु।


तपाईको प्रतिक्रिया