२०७४ चैत्र २५ आइतवार बनेपा । प्रदेश नंम्बर तीन स्तरिय कँराते प्रतियोगिताको टिम च्याम्पियन काभ्रे बनेको छ । काठमाण्डौंको चन्द्रगिरी नगरपालिकामा भएको प्रतियोगितामा सितोरियो कँराते काभ्रे टिमले तीन स्वर्ण दुई रजत र एक काँस्य पदक हात पारेर प्रथम स्थानमा हासिल गरेको हो ।

सितोरियो कँराते नेपालका संस्थापक धनमान महर्जन स्मृती प्रदेश स्तरिय महिला अफिशियल कँराते प्रतियोगितमा काभ्रेवाट ४० किलो तौल तर्फ मिना भ्लोनले गोल्ड मेडलसँगै उत्कृष्ट खेलाडी घोषित भईन् । उनले कँरातेको मुटु मानिने काँटामा समेत काँस्य पदक हात पारेकी थिईन् । ५० किलो तौल समुहमा संगित भ्लोन, ५५ किलो समुहमा सुनिता भ्लोनले रजत पदमै चित्त बुझाए भने फ्रि वोटमा रोजिना घलानले स्वर्ण र काँटामा सृजना भ्लोनले स्वर्ण पदक हात पारे । प्रदेश नंम्बर ३ का विभिन्न जिल्लाका कँराते डोहरुको सहभागिता रहेको प्रतियोगितामा काठमाण्डौंले ३ स्वर्ण पदक हात पार्दै तेस्रो स्थान हासिल गरेको छ ।

प्रतियोगितामा महिला तथा वालवालिका मन्त्री थममायाँ थापाले पुरस्कार वितरण गरेकी थिईन् । नेपाल सितोरियो कँरातेमा काभ्रे पनौतीको योगदान विगतदेखिनै उच्च रहँदै आएको छ भने विजयसुन्दर सैजुले विगतदेखिनै प्रशिक्षण दिदै आएका छन् ।


तपाईको प्रतिक्रिया