विजयभक्त श्रेष्ठ, काभ्रेपलान्चोक । 

मैले रक्सी पिउन छोडे
पत्यार लाग्दैन भने
भट्टी र होटलहरुमा सोधी हेर
अझै पत्यार लाग्दैन भने
आउ ममा खोजी हेर ।
हो म पिउँथे
साँझ विहान दिनरात नभनी पिउँथे
लाग्छ त्यही रक्सीले जिउँथे
चाँडपर्व उत्सव मेला
जात्रामात्रामा पिउँथे
बेहोश हुने गरि पिउँथे
दङदङीले मात्र २।४ दिन रन्थनीन्थे
सोच्नुस् त कति पिउँथे
मलाइ थाहा थियो
यो स्वास्थ्यका लागि हानीकारक छ
यो जीवन जीन्दगीका लागि नै खराब छ
तैपनि पिउँथे
अरुलाइ पनि पिलाउँथे
कत्तीले सम्झाए रक्सी न पि भनेर
गाली गरे कत्तीले किन पिउछस् भनेर
म सोच्थें ठीकै भन्यो
अव देखि पिउँदिन भन्थें
पिउँदिन थें पनि
तर फेरि उहि
म मात्तीन्थें । जँड्याहा नै बनें
तर आज मैल छाडे
लाग्छ जीन्दगीलाइ सहि मार्ग तर्फ मोडे
विगत सम्झदा अझै मात लाग्छ
त्यो नशा अझै छ
त्यो गन्ध बाँकी छ
त्यस्को असर कसर छातीमा छ
साथमा खोकी छ
दीर्घ रोग छ
कती स्वस्थ सवल थिए
आज यस्तो दूर्वल भए
हो मैले खुव पिए
जीन्दगीलाइ छोट्याएछु
अस्तीत्वलाइ होच्याएछु
धिक्कार रक्सी
तँलाइ मैले छोडेँ
जीन्दगी जीउन तर्फ मोडेँ


तपाईको प्रतिक्रिया