(सुरज श्रेष्ठ) २५ चैत्र २०७४, धुलिखेल । जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई ३९० घण्टा नि:शुल्क कुक तालिम आइतबार बाट सन्चालन भएको छ । युरोपिएन युनिएनको आर्थिक सहयोग, हुमानिटी इकुजनको प्राबिधिक सहयोग, होटल तालिम बिभाग सुपरनोभा तालिम केन्द्रको सहकार्यमा सिबिक फोरमले आयोजना गरिएको हो ।

आइतबार औपचारिक कार्यक्रम गरी धुलिखेल जिल्ला कारागारका नायब सुब्बा रुद्र प्रसाद हुमागाइले ३९० घण्टा कुक तालिम कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा सिबिक फोरमको ED बसन्त कुवर, नेपाल बनेपा पोलिटेक्निक इन्च्युचुटका मोहन बहादुर गजुरेल, सेफ हाउसकी उर्मिला रन्जितकार, PSS worker विश्वजित चौधरी, सुपरनोभा तालिम केन्द्रको ब्यबस्थापन लक्ष्मीराज शाह, प्रशिक्षक बिजय राज सुबेदी र सुरज श्रेष्ठको उपस्थिती रहेको थियो । कार्यक्रममा नेपाल बनेपा पोलिटेक्निक इन्च्युचुटका मोहन बहादुर गजुरेलले हामी कुक भनेको डक्टर भन्दा पनि ठुलो हो भन्ने उदाहरण दिदै ३९० घण्टा कुक तालिमको बारेमा जानकारी दिनुभयो ।

कारागारमा रहेको २१८ जना मध्य २६ जना कैदीबन्दी र २ जना प्रहरी गरी २८ जनालाई कुक तालिम दिन लागेको PSS worker विश्वजित बताउछन । कारागारमा धेरै कैदीबन्दी भएको कारण अब छिट्टै छुट्ने ब्यक्ती छानेर कुक तालिम दिन लागेको बताए । कैन्दीबन्दी पनि बाहिर निस्केर केही गर्न सक्छन भनेर यो तालिमको आयोजना गरेको बताउछन ।


तपाईको प्रतिक्रिया