काठमाडौँ – करिअरमा एकपछि अर्को चलचित्रमा काम गर्दै चर्चाको शिखरमा पुग्न सफल भएकी नायिका हुन् बर्षा शिवाकोटी । ‘नाई नभन्नु ल २’बाट अभिनयमा डेब्यु गरेकी सिवाकोटीको चलचित्र करियर ‘पशुपतिप्रसाद’ले चम्काएको हो ।

शनिबार जय शम्भुको सुटिङस्थ बालाजुमा आफ्नो बर्थडे मनाएकी उनले “पशुपति प्रसाद”, “कारखाना”, “नाइ नभन्नु ल ३”, “सुब्बा साब” जस्ता फिल्ममा अभिनय गरिसकेकी छन् ।

करिब तीन बर्ष चलचित्र क्षेत्रमा बिताएकी उनलाई किनमेल गर्न निकै नै रुची रहेको छ । अधिकाम्स समय सिम्पल मेकअप नै मन पराउने उनी आफ्नो आँखालाई औधी माया गर्दछीन् ।


तपाईको प्रतिक्रिया