२४ चैत्र २०७४, काभ्रेपलान्चोक । हातेमालो साहित्य संगम काभ्रे सङ्गको सहकार्यमा काव्य गुञ्जन समुहले पाँच जना सर्जकलाई प्रस्तुत गर्दै काव्य गुञ्जन शृङ्खला -२ गत चैत्र २४ गते नेपाल पत्रकार महासंघ काभ्रेको सभाहल बनेपामा सम्पन्न गरेको छ ।

कार्यक्रममा कवि अभय श्रेष्ठले चार थान कविता, कवि कल्पना काफ्लेले चार थान छन्द कविता, गजलकार अविरल ओझेलले छ थान गजल, गजलकार मनिष गौतमले चार थान बहर गजल अनि मुक्तककार सिताराम आचार्य ‘सागर’ ले आफ्ना दश थान मुक्तकहरु प्रस्तुत गर्नुभएको थियो । कवि नरेन्द्रकुमार नगरकोटीले सञ्चालन गर्नुभएको कार्यक्रममा कवि निर्भिकजङग रायमाझीले स्वागत मन्तव्य र संयोजक अदिप अधिकारीले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।

विशुद्ध रचनावाचनमा झुम्न टाढा टाढाका जिल्लाबाट समेत सर्जकहरुको ओइरो लागेको थियो । काभ्रेमा केन्द्रिय स्तरको साहित्यिक माहोल बनाउने ध्ययका साथ पाँच काभ्रेली युवाहरु अदिप अधिकारी, छवि श्रेष्ठ , रमेश घिमिरे ‘ कर्मशिल’ , निर्भिकजङ्ग रायमाझी र समर्पण श्री ले काव्य गुञ्जन शृङ्खला आयोजना गर्दै आइरहेका छन् ।


तपाईको प्रतिक्रिया