२४ चैत्र २०७४, बनेपा । काभ्रेपलान्चोक जिल्लाबाट सञ्चालनमा भएका अनलाइन सञ्चारमाध्यम सञ्चालकहरूको भेलाले अनलाइन मिडिया सञ्जाल काभ्रे गठन गरेको छ ।

बनेपामा सम्पन्न भेलाले तेमाल अनलाइन डट कमका सञ्चालक डिलबहादुर थोकर (ग्याम्जो) को अध्यक्षतामा सात सदस्यीय समिति गठन गरेको हो । उपाध्यक्षमा खबरघर डट कमका  सम्पादक धु्रुव रायमाझी, सचिवमा पलपलको डट कमका कविराज ढकाल, कोषाध्यक्षमा बेथानचोक खबर डट कमका सुरज श्रेष्ठ, सहसचिवमा सबैको समाचारका पुजन धिताल रहेका छन् भने सदस्यहरूमा नमोबुद्ध खबरका जगत तामाङ र सबैको समाचार की सनम सुवाल रहेका छन् ।

त्यसैगरी सञ्जालको सल्लाहकारमा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, अग्रज पत्रकार मधुसुधन गुरागाईं, पत्रकार नवराज बजगाईं , कपिल कोइलारा र विनोद न्यौपाने रहेका छन् । सञ्जालले काभ्रे जिल्लामा रहेका अनलाइनहरूको समान पहुँचको विकास र विज्ञापन लगायतमा समान प्रतिनिधित्व गराउने पहल गर्नेछ ।


तपाईको प्रतिक्रिया