२२ चैत्र २०७४, पोखरा । बुद्धटोल युवा क्लवको आयोजनामा जारी दोश्रो बिरेन स्मृत्तिकप तथा १२ औ बिटी कपमा प्रि–क्वार्टरफाईनलका खेल सकिएका छन् । चार दिनदेखि जारी प्रतियोगितामा बिहिबार प्रि–क्वार्टरफाईनलका खेल सम्पन्न भएका हुन् ।

बिहिबारको पहिलो खेलमा तारा एफसीले सबिन मेमोरियललाई २–१ गोलअन्तरले पराजित गरेको छ । दोश्रो खेलमा एलजी एसोसिएसनलाई माईपोखरा स्पोर्टसले ट्राईब्रेकरमा ०–२ ले पराजित ग¥यो ।
यस्तै, बिहिबार नै भएका अन्य खेलमा बि १३ ले लाप्पो एफसीलाई ३–१, दोब्रे एफसीले आदर्श युथ क्लवबलाई १–० ले हराउँदै अर्को चरणमा प्रवेश गरेको छ ।
लेकसाईड एफसीलाई चैट चैट २ ले ट्राईब्रेकरमा २–१ गोलअन्तरले पराजित गयो । शितल ज्योती एफसी दिप युनाईटेडसँग ३–१ गोलले पराजित हुन पुग्यो ।

हेम्जा एफसीले एसवाईसि तनहुँलाई ३–१ ले हरायो । अन्तिम खेलमा संगम एफसीले सराङकोटलाई ४–० को फराकिलो अन्तरमा पराजित गरेको हो ।
प्रि–क्र्वाटरफाईनल खेल अन्तर्गत बिहिबार ८ वटा खेलहरु भएका थिए । यो चरणका विजेताहरु क्वार्टरफाईनलमा प्रतिष्पर्धा गर्नेछन् । क्वार्टरफाईनलका खेलहरु शुक्रबार हुने आयोजक बिटी क्लवले जानकारी दियो ।
पोखरा टँुडिखेलमा चलिरहेको प्रतियोगितामा ४५ टिम सहभागी थिए । प्रतियोगिताको फाइनल स्पर्धा आगामी शनिबार हुनेछ । प्रतियोगितामा प्रथम हुनेले १ लाख २१ हजार १ सय ११ र दोश्रो हुनेले ७० हजार १ सय ११ रुपैयाँ, मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।


तपाईको प्रतिक्रिया