२१ चैत २०७४, बनेपा । इलाका प्रहरी कार्यालय बनेपाले ३५ राउन्ड गोली र दुई बन्दुक सहित चार जनालाई मंगलबार राति पक्राउ गरेको छ । बंदेल मार्नका लागि ल्याएको दुईनाले बन्दुक र ३५ राउन्ड गोलीसहित बनेपा-३ नालाबाट उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक सुनिल जंग शाहले बताए ।

पक्राउ पर्नेमा बनेपा-३ नालाका सानुकान्छा गुरुङ, चन्द्रबहादुर गुरुङ, गणेश गुरुङ र प्रकाश दाहाल छन् । मुख्य सिकारी धुलिखेल नयाँगाउँका वीरबहादुर तामाङ र उनका सहयोगी नुवाकोटका कुवेर लामा भने फरार भएको इलाका प्रहरीले जनाए ।

हातहतियार कसरी भित्रियो भन्ने थप अनुसन्धान भइरहेको बताए ।


तपाईको प्रतिक्रिया