(केशव राज पौडेल) २० चैत्र २०७४  काभ्रे l उद्धवप्रसाद तिमल्सिना, मलेशियामा काम गरेर फर्केको कामदार
पहिलो पल्ट मलेशियाजाँदा काभ्रे मण्डन देउपुर–८ का उद्धवप्रसाद तिमल्सिनामा जोश थियो । स्थानीय विद्यालयमा अध्यापन गराउने पेशा छाँडेर तिमल्सिना राहदानी बनाउन धुलिखेलजाँदा शहरमा झिलिमिली घरको सपना देखेका थिए । तर उनले मलेशियामा कहालिलाग्दो जीवनको कल्पना समेत गरेका थिएनन् । एैस आराम सबैको सपना उनको थियो । करिब तीन बर्ष मलेशियामा बसेपछि उनी पुनः मलेशिया हानिए । तर तीन महिना पनि टिक्न सकेनन् । कारण थियो नेपालीको असुरक्षा र तत्कालै छटपटिएर मर्ने व्यथा । पहिलो पटक एयरपोर्ट जाँदा १६ दिनसम्म कम्पनी लिन नआउने कामदार भेटेपछि हाम्रो त्यस्तै त नहोला सोचेका थिए उनले तर उनीहरुलाई लिन १५ मिनेटमा कम्पनी आयो । सिटिजन हेल्प डेक्सले आयोजना गरेको सामुदायिक छलफलमा उनले आफ्ना मनहरु यसरी सुनाए ।

मलेशियामा पुगेपछि उनलाई एयरपोर्ट पुगेको १५ मिनेटमै कम्पनीको मान्छे लिन आयो । तर एयसपोर्टमा एक महिनादेखि खाना नपाउने साथीहरु देखेर उनी अचम्ममा परे । उनी एयरपोटएमा खान लगेको चाउचाउ नेपालीलाई दिए । करिब पाँच बर्षमा उनले धेरै कुरा सिके । उनले मलेशियामा नेपालीहरु दिन दहाडै लुटिने गरेको बताए । पैसा माग्ने अनि नदिए जे पनि गर्ने । कुट्ने नाङ्गै पारिदिने । स्थानीय तालिम युवाहरुले नेपाली युवाहरुलाई अत्याधिक दुख दिएको उनले सुनाए । उनले भने हावापानी राम्रो छ कम्पनीले राम्रो पैसा दिने गरेका छन् । तर पैसा आएको दिनमा टोले गुण्डाहरुले दुख दिने गरेका छन् । मलेशियामा जाँदा घुम्न गएको ठाँउमा समेत पैसा नबोकी गयो भने मर्ने डर हुने उद्धवले बताए । नेपाल सरकार कमजोर भएको कारणले नेपाली लुटिएका छन् । दैनिक नेपालीलाई लुटरिहेको टुलु टुलु हेर्ने बाहेक केही पनि गर्न सक्ने अवस्था छैन । मोवाईल र चुरोटको एक खिल्ली समेत उनीहरुले छाड्दैनन् । पैसा नभएमा कुटाई खाने समस्या रहेको छ । विदेश गोराहरुको पैसा झरेपनि पैसा झर्याे भन्ने तिनीहरुले नेपालीलाई लुटिरहेका छन् । जहाँ कानुन छैन । सरकार निरिह छ । खै कहाँ छ सरकार ?


तपाईको प्रतिक्रिया