(केशव राज पौडेल) २० चैत्र २०७४  काभ्रे l सुन्दा अचम्म लाग्न सक्छ तर यो वास्तविकता हो, काभ्रेपलाञ्चोक जिल्लाका ग्रामीण दुरदराजमा रहेका सहकारीले महिला सदस्य सुत्केरीहुँदा अस्पताल जाने आउने एम्बुलेन्स खर्च आफैले वोहेर्दै आएका छन् । ग्रामीण समुदायमा आधारित काभ्रेपलाञ्चोकका सहकारीले आफ्ना संस्थाका महिला सदस्यलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गरेर वाल तथा मातृ मृत्युदर घटाउन सहयोग गरिरहेका छन् । शतप्रतिशत गर्भवती गराउने अभिप्रायले ग्रामीण भेगका समुदायमा आधारित सहकारीले महिला सदस्यलाई एम्बुलेन्समा लाग्ने खर्च निशुल्क उपलब्ध गराउने गरेका छन् ।

‘गरिबीको रेखामुनी रहेका महिलाहरु सडकमै सुत्केरी हुन बाँध्य भएकाले सुत्केरी एम्बुलेन्स सेवा सुरु गरेका छौ’ मण्डन भेगमै उत्कृष्ट सहकारी पंञ्चकन्या महिला विकास बहुउदेश्यीय सहकारीका अध्यक्ष अम्बिका हमालले भनिन् ‘ धेरै महिला पैसा नभएर छटपटिएका हुन सक्छन्, त्यसैले हामीले एम्बुलेन्स खर्च आफै व्यहोर्ने गरेका छौ ।’ उनको सहकारीमा ५ सय ५८ महिलाले बचत तथा ऋणको कारोवार गरिरहेका छन्, त्यसमा ६६ महिलाले निशुल्क एम्बुलेन्स सेवा लिईसकेका छन् । सहकारीले एकातिर सुत्केरी निशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ भने अर्कोतिर दुईभन्दा धेरै सन्तान जन्माउनेलाई एम्बुलेन्स सेवा समेत दिने गरेको छैन । ‘ हामी दुई सन्तान ईश्वरको बरदान भनेर पनि अघि बढेका छौ ’ हमालले थपिन् । एक हजार सदस्य नाघेको धाईटारको प्रतिभा बचत तथा ऋण सहकारी संस्थाले पनि आफ्ना महिला शेयर सदस्यलाई सुत्केरी खर्च वापत एक हजार रुपैया उपलब्ध गराउँदै आएको छ । ‘हामी हाम्रा सदस्यप्रति जिम्मेवार छौ,सुत्केरीको व्यथाले च्यापेर कोही पनि मर्न नपरोस भनेर दश बर्षदेखि सुत्केरी सेवा प्रदान गर्दै आएका छौ ’ सहकारीका पूर्व अध्यक्ष सुरेन्द्रप्रसाद पौडेलले भने । प्रतिभा बचत तथा ऋण सहकारीवाट एक सयभन्दा धेरै महिलाले सुत्केरी एम्बुलेन्स खर्चको उपभोग समेत गरेको अध्यक्ष पौडेलले बताए । ग्रामीण भेगका सहकारीले सुत्केरी भएकै सदस्यलाई भेट्न गएर एम्बुलेन्स खर्च र बाल बचतकर्तालाई खुत्रुके उपहार दिने गरेको अध्यक्ष पौडेलले भनाई छ। ‘ हाम्रो सँस्कृतिमा नयाँ बच्चाको अनुहार हेर्दा उपहार तथा नगद दिने प्रावधान छ, त्यो रकम बच्चाकै नाममा बचत होस् भनेर खुत्रुके उपहार दिने गरेका छौ,अध्यक्ष पौडेलले बताए । सहकारीले बचतमा बालबालिकाको उत्साहजनक सहभागिता गराउन प्रत्येक बर्षको साधारण सभामा एक जना उत्कृष्ट वालबचतकर्ताले सम्मान गर्ने गरेको समेत पौडेलले बताए ।

शंखु उपत्यकामा रहेको कालिदेवी बचत तथा ऋण सहकारीले पनि आफ्ना महिला सदस्य सुत्केरी वापत ८ सय रुपैया एम्बुलेन्स खर्च दिने गरेको छ । सहकारीमा ५२ प्रतिशत महिला सदस्य रहेकाले उहाँहरुको उच्च मूल्याकन गर्दै सुत्केरी हुनेलाई रकम उपलब्ध गराउँदै आएको सहकारीका पूर्व अध्यक्ष शिवप्रसाद आर्चायले बताए ।  ‘ सुरुमा सहकारीले पाँचसयको मात्रै व्यवस्था गरेको थियो तर हामीले बैठकमा माग गरेपछि अघिल्लो बर्षवाट ८ सय पुगेको छ’ कालिदेवी बचत तथा ऋण सहकारीका कार्यसमिति सदस्य गायत्री आचार्यले मागको सुनुवाई भएकोमा खुसी व्यक्त गर्दै भनिन् । ग्रामीण भेगका सहकारी सदैव खुसी तथा वेदनामा पनि पारिवारिक सदस्य बनिरहेका छन् । प्रतिभा बचत तथा ऋण सहकारीले आफ्ना शेयर सदस्यका परिवारका कुनै व्यक्तिको मृत्यु भएमा निरव्याजी १० हजार रकम उपलब्ध गराउने गरेको अध्यक्ष पौडेलले बताए । ग्रामीण भेगका सहकारीले एम्बुलेन्स खर्च वापतको रकम घरमै पु¥याउने भएपछि अस्पतालमा सुत्केरी गराउने महिलाको संख्या शतप्रतिशत भएको छ । सहकारीले नयाँ अभियान चलाएस“गै घरमा सुत्केरी गराउने महिला नभेटिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले बताएको छ । जुन गाँउमा सहकारीले राम्रो व्यवस्थापन गरेको छ। असाँध्यै राम्रो छ, स्वास्थ्यका प्रमुख डा.सुरेन्द्र चौरासियाले सुनाए । हाम्रै गाँउमा पनि कतिपय महिलाहरु पैसाको अभावमा छटपटाइरहेका हुन सक्छन्, यस्तो जानकारी आएमा तुरुन्तै एम्बुलेन्स पठाएर उदर समेत गरेको पंञ्चकन्या महिला विकास बहुउदेश्यीय सहकारीका अध्यक्ष अम्बिका हमालले भनिन् । उपचारको अभावमा काभ्रेपलाञ्चोक जिल्लामा धेरै Ôेत्रमा अझै पनि गर्भवती महिलाको अकालमै ज्यान जाने गरेको छ । यस्तो समयमा सहकारीले सहारनिय कार्य गरेको महिलाहरुले बताएका छन् । नेपाल सरकारले अस्पतालमा सुत्केरी गराउ“दा महिलालाई राज्यको भत्ता समेत दिने गरे पनि गर्भवती महिलाले नियमित स्वास्थ्य परीÔण नगराउने र सुत्केरी हुने समयमा मात्रै अस्पतालजाँदा राज्यले सहयोग गर्ने गरेको छैन तर सहकारीले भने सहयोग गरेर जिल्लाका ग्रामीण भेगका महिलाको मन जिती रहेको छ ।

डिभिजन सहकारी कार्यालय धुलिखेलका अनुसार काभ्रेपलाञ्चोक जिल्लामा एक हजार एक सय ८० ओटा सहकारी दर्ता छन् । शहरमा संचालित सहकारीले साधारण सभाको नाममा ककटेल भोज संचालन गर्दा ग्रामीण भेगका सहकारीले भने, भोजको रकम जोगाएर सामाजिक काम गरिरहेका छन ।


तपाईको प्रतिक्रिया