(रोजन तामाङ) २० चैत्र २०७४  काभ्रे l समुदायमा विवादले कसैलाई पनि फाईदा पुग्दैन । समुदायको विवादको फाईदा केहिले मात्र लिन्छन् । भाई फुटे गवार लुटे भन्ने उखान ठ्याक्कै मिलेको थियो काभ्रेको गैरिबिसौनाको वडा नं ३,४ र ५ मा फैलिएको झुसे चालढुंगा सिमलवारी सामुदायिक बनका उपभोक्ताहरुको बिचमा ।  बनको प्रयोग कसले गर्ने भन्ने विवादमा फसेपछि सामुदायिक वन समिति समेत धेरै समय निस्कृय भयो । राम्रोसँग चलेको वनको पैदावारको संरक्षण हुन सकेन । २०५५ सालवाट सुरु भएको विवाद नमिलेपछि गाँउलेले समस्यानै समस्या भोगे ।

मण्डन देउपुर नगरपालिकाको वडा नं ६ सबिकको गैरविसौना देउपुर गाबिस ४ देउपुरमा रहेको झुसे चालढुंगा सिमलबारी सामुदायिक बन २०५२ सालमा नै समूह गठन भई बिवादको कारणले जिल्ला बन कार्यलयमा दर्ता हुन सकेको थिएन । ४ नं वडामा रहेको बन वडा नंं ३ र ५ का स्थानियहरुले पनि दाबी गरिदै आएको कारणले दर्ता हुन सकिरहेको थिएन । वडा नं. ३ का उपभोक्ताहरुले सामुदायिक वन आफूहरुसँग नभएपछि दावी गरेपनि वडा नं. ४ को वन क्षेत्र पुरै नै उपभोग गर्न पाउनुपर्ने माग राख्दै आएकोमा विवाद बढेको थियो । सो वनको उपभोक्ता हुनुपर्ने माग राख्दै आएका कारण द्वन्द्वको सुरुवात भएको थियो ।

विवादकै कारण सामुदायिक वन दर्ता हुन सकेन २०५५ सालतिर आएर वडा नं. ३ का देवीप्रसाद न्यौपानेलाई आम भेलाले अध्यक्षमा छनौट ग¥र्याे । तर कार्ययोजना निर्माणका क्रम संगै वडा नं. ३ का सम्पूर्ण उपभोक्तालाई सामुदायिक बन मा प्रबेश गराएको भन्दै वडा नं. ४ का उपभोक्ताले विरोध जनाए पश्चात सामुदायिक बनको पुन आम भेला राखी डिल्ली प्रसाद आचार्यको अध्यक्षतामा समिति निर्माण गरियो । तर पनि सामुदायिक बन दर्ता हुन सकेन विवाद कायम नै रहयो । दुवै समिति कृयाशिल रहे तर विवाद समाधान हुन सकेन । विवाद बढेसँगै काभ्रेमा केही बर्षदेखि कृयाशिल रहेको प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रले विवाद समाधानको प्रकृया सुरु गरेसँगै सो वन जिल्ला वनको दर्ता प्रकृया नजिक पुगेको छ ।  प्राकृतिक श्रोत द्धन्द रुपान्तरण कार्यक्रम अन्तर््ागत गौठचौर सामुदायिक बनको जग्गा अतिक्रमण प्रकृयामा काम गर्ने क्रममा इलाका वन कार्यालय र सामुदायिक बन का उपभोक्तावाट पटक पटक अनुरोध आए पश्चात २०७३ असोज १३ गतेका पुर्व तयारी बैठक सम्पन्न गरी द्धन्द रुपान्तरण प्रकृयाका काम शुरु गरेको थियो । प्रकृतिक स्रोत केन्द्रका क्षेत्रीया कार्यक्रम संयोजक रमिला हुमागाइले बताउनुभयो ।

यसरी बस्यो पुर्व तयारी बैठक
२०७३ असोज १३ गतेका गैरबिसौना देउपुर ब्रम्हायणी माविमा पुर्वतयारी बैठक सम्पन्न भयो । बैठकमा गैरविसौना देउपुर गाविसका दलिय संयन्त्र, वडा नागरिक मञ्चका संयोजकहरु तथा सामुदायिक बनको कार्यसमिति , ३ वटै वडाका प्रतिनिधि लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो । यस बैठकमा द्धन्द रुपान्तरण प्रकृयाको बारेमा अभिमुखिकरण गर्नुका साथै द्धन्दको सुचना संकलनका लागि योजना निर्माण गर्नुका साथै द्धन्दका बारेमा थप सुचना संकलन गर्ने काम सम्पन्न गरेर काम सुरुगरेको हुमागाइले बताउनुभयो ।

को को थिए वनको विवादमा
झुसे चालढुंगा सिमलबारी सामुदायिक बनको तदर्थ कार्यसमिति सामुदायिक बन हस्ताण्तरण नभएता पनि सामुदायिक बन संरक्षणका लागि समूदायले तदर्थ कार्यसमिति चयन गरी कार्य संचालन गर्दै आएको थियो । २०५२ साल देखि यता आएर ४ वटा तदर्थ समिति निर्माण भएता पनि कति उपभोक्ता सामुदायिक बनमा समाबेश गर्ने भन्ने टुंगो लगाउन नसक्दा सामुदायिक बन दर्ता हुन सकेको थिएन ।
हाल डिल्ली प्रसाद आचार्यको अध्यक्षतामा ११ सदस्य कार्यसमिति गठन गरी काम गर्दै आएको र सामुदायिक बनको एक मात्र आधिकारिक निकाय भएका कारण यो एक पक्ष भएको हो ।

२. वडा नं. ३ का उपभोक्ता ः सामुदायिक बन को अन्त नभएका कारण वडा नं. ४ को वन क्षेत्र नै उपभोग गर्न पाउनुपर्ने माग राख्दै आएका वडा नं. ३ मा माथिल्लो क्षेत्रमा लगभग १५० घरधुरी रहेका छन् । सामुदायिक बनको उपभोक्ता हुनुपर्ने माग राख्दै आएका कारण यी उपभोक्ता यस द्धन्दका एक पक्ष हुन् । यस वडाले आफना कुरा राख्न तथा मुख्य व्यक्तिका रुपमा वडा नागरिक मञ्चका संयोजक पनि रहेका भुमिनन्द डोटेल र रामशरण मिजारलाई अगाडी सारेको पाइयो ।
३. वडा नं. ४ का उपभोक्ता ः सामुदायिक बन क्षेत्र सम्पुर्ण ४ नंं मा पर्ने भएकाले यो वन हामीले मात्र संरक्षण गरी ल्याएका हौ यसमा अरु वडाका उपभोक्ता समाबेश गराउनु उपयुक्त छैन भन्ने धारणा राख्दै वडा नंं ३ का स्थानियलाई उपभोक्तामा समाबेश गर्दा विरोध जनाउने यस वडामा जम्मा ५० घरधुरी जनसंख्या रहेको छ । ३ नं. ले आफनो क्षेत्रको सार्वजनिक जग्गा संरक्षण गर्नुपर्ने अन्य र अरुको क्षेत्रमा दावी गर्न नहुने धारणा राख्दै आएका कारण विवाद पनि बढ्दै गएको थियो ।
४. वडा नं. ५ का उपभोक्ता ः वडा नंं ५ का पायक पर्ने उपभोक्ता लगभग १५ घरधुरीको अन्य क्षेत्रमा वन नभएका कारणा वडा नं. ४ मा रहेको वन क्षेत्र नै प्रयोग गर्दै आएका कारण पनि यस सामुदायिक बन दर्ता प्रकृया विवादका एक पक्ष हुन् ।

पारित भयो विकल्प
काभ्रेपलाञ्चोक जिल्ला गैरविसौना देउपुर गाविस वडा नं. ४ मा रहेको झुसे चालढुंगा सिमलबारी सामुदायिक बनको वन दर्ता प्रकृया सम्बन्धी विवाद रुपान्तरणका लागी विगत २०७३ भाद्र देखि थालनी गरीएको प्राकृतिक स्रोत द्धन्द रुपान्तरण प्रकृया अन्र्तगत प्राकृतिक श्रोत द्धन्द रुपान्तरण केन्द्र, नेपालको सहजिकरणमा गैरविसौना देउपुर गाविस वडा नं.३,४ र ५ का स्थानिय उपभोक्ता विच यस संग प्रत्यक्ष सरोकार राख्ने जिल्ला वन कार्यालयको इलाका वन कार्यालय महादेवस्थान र सरोकारवाला गैरविसौना देउपुर गाविस कार्यालयको रोहवर यस विवादको दिगो रुपमा रुपान्तरण गर्नका लागी तपशिलमा उल्लेखित विकल्प अनुसार अघि वढ्नका लागी सहमति भयो ।
सामुदायिक वनको आर्थिक पारदर्शिताका लागि आगामी आम भेलामा सम्पूर्ण हर हिसाव प्रष्टसंग देखाउने, सामुदायिक वनको सिमाना छुट्याउने समयमा वडा नं. ३, ४ र ५ का सम्पूर्ण उपभोक्ताको अनिवार्य सहभागिता हुने, सिमाना छुट्टाउने काम अन्तिम तयारीमा पुगेको छ । स्थानीय तहको निर्वाचनपछि सबै बडाहरु हाल मण्डन देउपुर नगरपालिका बडा नंम्बर ६ मा परेकाले अब सिमाना छुट्टाएर काम अघि बढ्ने वडाध्यक्ष तथा वन समितिका अध्यक्ष डिल्ली आचार्यले बताएका छन् ।

सबैले समान रुपमा वनको प्रयोग र संरक्षण गर्ने सहमती भएको अध्यक्ष आचार्यले सुनाए । धेरै समय पछि बन प्रयोगमा भएको बिवादको कारणले बन जोगान सकिरहेको थिएन काभ्रेमा रहेको बनको विवाद प्रकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्रले मिलाउछ भन्ने थाहा भएपछि हाम्रो अनुरोधमा यहाँ उहाँहरु आएर सहाजिकरण गरेकोले धेरै राम्रो भएको गाउँले सबै खुशीभएको स्थानिय गोकुल प्रसाद डोटेलले बताए ।
५५ सालदेखिको बनको बिवाद को कारण गाउँले बिच बोल चालनै बन्द भइरहेको थियो तर अहिले विवाद मिलेपछि धेरै स्थानियहरु खुशीभएको स्थानिय डोर प्रसाद दुलालले बताए । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रका कार्यकारी निर्देशक चुपबहादुर थापाले समाजमा प्राकृतिक रुपमा उत्पन्न भएका विवाद आफूहरुले समाधान गरेको बताए । उनले भने समस्याको समाधान गराउन हामी निरन्तर लागेका छौ । हामीले काभ्रे जिल्लामा रहेको समुदायिक बनहरुको विवादहरु लाई मिलाउनको लागि काम गरिरहेको बताउनुभयो । केन्द्रको क्षेत्रीय संयोजक रमिला हुँमागाईले देउपुरमा पटक–पटक छलफलपछि विवाद समाधानको प्रकृयामा अघि बढेको बताईन् ।

 


तपाईको प्रतिक्रिया