२० चैत्र २०७४, दैलेख । आठबीस नगरपालिका–८ स्याउलीकाँधबाट छेपाडीतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । भे १ च २१४८ नम्बरको जिप सोमबार राति दुर्घटना हुँदा वडाध्यक्षसहित ५ घाइते भएका हुन् ।

 

जिप दुर्घटनामा परी आठबीस नगरपालिका–९ का वडाध्यक्ष धनबहादुर सिँजापती गम्भीर घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते अन्य यात्रुहरुमा लालबहादुर बडुवाल, नवीन बडुवाल, सूर्यबहादुर बडुवाल र कमल बडुवाल छन् । उनीहरु आठबीस नगरपालिका–९ का हुन् । प्रहरीका अनुसार, उनीहरुको टाउको, आँखा र मुखमा गम्भीर चोट लागेको छ ।

सडकबाट जिप धेरै तल खसेकाले घाइतेको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानरकारी दिएको छ । घाइतेको उपचारका लागि प्रदेश राजधानी सुर्खेत लगिएकाे छ ।


तपाईको प्रतिक्रिया