(नवराज ढुगाना) रौतहट जिल्ला चन्द्रपुर न.पा. १० मा पिता विरेन्द चौधरि र माता नगिना चौधरिको कोखवाट परिवारको दोस्रो सन्तानको रुपमा जन्मनुभएका विश्वजीत चौधरि विगत २ वर्षदेखि काभ्रेपलान्चोक जिल्लाको रमणिय स्थल धुलिखेललाई आफ्नो कर्मथलो वनाउदै आउनुभएका असल मेहनति र कर्मशिल युवा हुन । युरोपियन युनियनको अार्थिक सहयोग ह्यान्डिक्याफ्ट ईन्टरनेशनलको प्राविधिक सहयोग सिभिक्ट नेपालको समन्वय र साझेदारि सस्था सिभिक्ट फोरमको सलग्नतामा सन्चालित कैदिवन्दिहरुको मानवअधिकार सरक्षण तथा सम्वर्दनका लागि सन्चालित सस्थामा कार्यरत उनै कर्मशिल युवा विश्वजित चौधरिसग वेथानचोक खवर डटकम सहकर्मी नवराज ढुगानाले गर्नुभएको भलाकुसारि :

 

० आजभोली के मा ब्यस्त हुनुहुन्छ ?
म आफ्नै कार्यझेत्र जिल्ला कारागार कार्यालय काभ्रे मा नै व्यस्थ छु ।

० जिल्ला कारागार कार्यालयमा तपाईको भुमिका के छ ?
विभिन्न कसुरमा सजाय भोगिरहेका वा मुद्दाको पुर्पक्षको लागी थुनामा रहेका कैदि तथा वन्दिहरुको मनोसामाजिक तथा सवेगात्मक समस्याहरुको पहिचान र समाधान, जटिल समस्याको पहिचान गरि सम्वन्धित मनोचिकित्सकलाई सिफारिस गर्ने तथा उपचारमा चेतना अभिवृद्दि गर्नुका साथै कैदि तथा वन्दिहरुमा रहेको तनाव, डर र त्रासको अवस्था कम गराई आत्मविश्वाश बढाउने र क्रोध चिन्ता मुक्त जीवन जीउन प्रेरित गर्ने मेरो कोशिस रहेको छ ।

० कैदी र वन्दिमा के फरक छ त ?
हाम्रो समाजमा कूनै पनि व्यक्तिलाई प्रहरिले पक्रनासाथ कैदि भन्ने गरिन्छ तर उसलाई लागेको कसुर प्रमाणित नभएसम्म जेलमै बसेपनि उ वन्दि हो र कसुर प्रमाणित भईसकेपछी वल्ल कैदि भनिन्छ ।हाम्रो समाजले कैदिवन्दिलाई हेर्ने दृश्टिकोण परिवर्तन होस, यिनिहरुपनि मानव नै हुन र यहाँ मानविय भुलको सजाय भोग्दैछन। जेल जीवनपछि यिनिहरुपनि समाजका असल नागरिक हुन सक्छन भन्ने नजरले हेरियोस ।

० फुर्सदको समयमा के गर्न रुचाउनु हुन्छ ?
साथीभाइहरु संग भेटघाट, घुमफिर, सामाजिक सन्जाल र पुस्तक पढ्न मन पर्छ ।

० जीवन के हो ?
दु:ख र सुखको यात्रा हो । जीवन सहज रुपमा चलाउन सक्नु एउटा कला हो ।

० प्रेम के हो ? प्रेम अनुभुति हो ।
प्रेमको अविरल अमृतधारा संसारको सृष्टिचक्रमा यहाँ अनन्त बगीरहन्छ, यसको एक बुँदले पनि जीवनभरको प्रेम प्यासको तिर्सना मेट्न सक्छ ।

० झट्ट हेर्दा मोडल जस्तै देखिनुहुन्छ प्रेम प्रस्ताव कत्तिको आउछ ?
आउछ तर प्रेम सगै जीवनभर साथ दिने चै पाएको छैन ।

० यो स्थानसम्म आउन प्रेरणा कसरी पाउनु भो ?
सानै देखि केही गर्नु पर्छ भन्ने सोच थियो, साथमा घरपरिवार, साथीभाइ र आफ्नो सकारात्मक सोच र मिहेनतले यो स्थानमा पुगेको छु जस्तो लाग्छ ।

० अत्यमा केही भन्न चाहानु हुन्छ ?
जीवन एकवारको जुनी हो । जीवन सार्थक बनाउन सही उद्देश्यका साथ लागि परे अवश्य सफलता पाईन्छ भन्ने लाग्छ । जन्म हुँदा सास हुन्छ र नाम हँुदैन मृत्यु हुँदा नाम हुन्छ तर सास हुँदैन यहि सास र नाम विचको यात्रालाई जीवन (संघर्ष) भनिन्छ । यो अवसर दिनुभएकोमा वेथानचोक खवर डटकम र तपाईं नवराज ढुगानालाई विशेष धन्यवाद ।।


तपाईको प्रतिक्रिया