१९ चैत्र २०७४, काभ्रेपलान्चोक । ननु सरलाई नचिन्ने डेडिथुम्कामा कमै होलान् । ननु सरले दिएको शिक्षा पाएर देशकै महत्वपुर्ण तहमा पुग्ने विद्यार्थीहरु छन् । रोग सबैलाई लाग्छ तर रोग लागेर आर्थिक कमजोर भएकालाई भगवानले रोग समेत नलागोस् भन्ने प्रार्थना दैनिक रुपमा गर्ने गर्दछन् ननुप्रसाद यादव सर ।

सबै बिषयमा पोख्त उनले गणित,विज्ञान र अर्थशास्त्रको अध्यापन गराउँथे । करिब बिस २०५० सालावाट उनले डेडिथुम्कामा अध्यापन सुरु गरे । जीवनको उर्जाशिल समय काभ्रेको मण्डन भेगकै अग्रणी संस्था डेडिथुम्का माध्यामिक विद्यालयमा विताएका ननुप्रसाद यादव यतीबेला जीवन र मरणको दोसाँधमा रहेका छन् । २०५० सालदेखि निरन्तर १५ बर्षसम्म डेडिथुम्कामा विभिन्न बिषयहरु अध्यापन गराएका ननु सर स्थायी प्रकृया भएसँगै डेडिथुम्काको अध्यापन यात्रा रोकियो उनको जागिर राज्यले खोस्यो । त्यसपछि उनको जीवन कात्तिके देउरालीको प्रभा स्कूलमा मोडियो । जीवनमा अनेकौ उतारचडावमा उनी एकरात सुतिरहेको समयमा एक्कासी शरिरको एउटा भाग र स्वरनै नआउने भयो । त्यो कोशीपारिमा थियो । त्यो घटनाले उनको शरिरको एक भाग चलेन भने स्वर समेत रोकियो ।  उनी भेटेका मान्छेलाई टुलुटुलु हेरेर रुनु बाहेक केही पनि गर्न सकेन ।

मण्डन देउपुरकै आदर्शको पात्र रहेका उनी यतीबेला जीवन र मरणको दोसाधमा रहनु भएको छ । आर्थिक अवस्था कमजोर भएको उहाँको परिवारले भएको जग्गा बेचेर उपचार गराएका छन् । उहाँले पढाएका विद्यार्थीहरु यतीबेला देशको विभिन्न भागमा ठूलो पदमा आसिन छन् । कोही विदेशमा बसेका छन् तर उनलाई सहयोग गर्न सक्ने स्थिती सृजना हुन सकेको छैन । श्री डेडी थुम्का उच्च माध्यमिक बिधालयमा लामो समय शिक्षक पेशामा रही हजारौं बिधार्थीको ज्यातीको किरण हुनु भएको थियो । तर बिडम्वना लगभग २०६४ सालतिर उहालाई राति सुतिरहेको अबस्थामा प्यारालाईसिस् भई दाहिने हात दाहिने खुट्टा नचल्ने र स्वर नआएको अहिले सम्म थला पर्नु भएको छ र त्यस बेला देखि उहाको स्वर पनि गुमेको छ र उहाको उपचार नेपाल र भारत दुबै देशमा गरिएको थियो र अथक प्रयासका बाबजुद पनि उहाको स्वर खुलेको छैन र उहाँ प्यारालाईसिस् बाट थलिएर आफ्नो निवास सप्तरी जिल्लाको कोशी नगरपालिका जोगिनियामा रहनु भएको छ । मन्डनदेउपुर बासीहरुलाइ उनले गरेका छन् केही सहयोग गरे सहज मरण हुने थियो । उनी बाँच्ने आशामा छन् तर बाँचेर पनि पलपल मरिरहेका छन् ।

अभिभावक विद्यार्थी, अग्रज सबै मिलेर सहयोग गरेमा उनले केही बर्ष बाँच्ने आशा लिएका छन् । उनको जीवन जोगाउन श्री डेडी थुम्का उच्च माध्यमिक बिद्यालयका हालका शिक्षक, बिद्यालय ब्यबस्थापन समिति र पुर्ब बिधार्थिहरुलाई आह्वान गरेका छन् । ल आर्थिक अबस्था कमजोर भएको र थप उपचारलाई केही सहयोग पुर्याउन हुन सबै साम आर्थिक सहयोगका ननु प्रसाद यादव सरले सबैलाई विनम्र अनुरोध गरेका छन् ।

सहयोगका लागि 
ननु प्रसाद यादब सहयोग अभियान :-
उहालाई आर्थिक रकम सहयोग गर्नको लागि
खातावालाको नाम:- श्रीमती प्रेमलता देबी यादब ( धर्मपत्नी )
खाता नम्बर :- 223000576910 <br>

राष्ट्रिय बाणिज्य बैंक
हनुमाननगर,सप्तरी साखा
फोन नम्बर :- 9824700575,9811707317 श्रीमती प्रेमलता देवी यादब


तपाईको प्रतिक्रिया