२०७४ चैत १९, कैलाली । धनगढी प्रिमियर लिग क्रिकेटमा सोमबार दुईवटा खेल हुँदैछन् । पहिलो खेलमा टिम चौराह धनगढी र सिवाइसी अत्तरिया खेल्नेछन् । खेल बिहान ९ बजेपछि सुरु हुनेछ । आफ्नो पहिलो खेल जितेको अत्तरिया अंकतालिकाको शीर्ष स्थानमा छ भने धनगढीले पहिलो खेल हारेको छ ।

दिउँसो १ बजेपछि सुरु हुने दोश्रो खेलमा काठमाडौं गोल्डेन्स र रुपन्देही च्यालेन्जर्स खेल्दैछन् । आफ्नो पहिलो खेल जितेको काठमाडौं अंक तालिकाको तेश्रो स्थानमा छ भने पहिलो खेल हारेको रुपन्देही अंक तालिकाको पुछारमा छ ।


तपाईको प्रतिक्रिया