१९ चैत २०७४, काठमाडौं ।  व्यवसायीले गाडी नचलाउँदा काभ्रे र भक्तपुरका ग्रामीण भेगका यात्रुलाई सास्ती भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आह्वानमा काभ्रे र भक्तपुरका ग्रामीण भेगमा चल्ने गाडी नचलाएपछि हजारौं यात्रुलाई सास्ती भएको जनाएका छन् ।

सरकारले अर्को कम्पनीलाई गाडी चलाउने अनुमति दिएको भन्दै महासंघले ग्रामीण भेगमा गाडी बन्द गराएको हो । भक्तपुरको दुवाकोट, चाँगुनारायण, झौखेल, छालिङ, सिपाडोल, बागेश्वरी, तेलकोट, नगरकोट, सिपाडोल डोलेश्वर, बालकोट सिरुटार, च्यामासिंह, ताँथली लगायत रुट तथा काभ्रेको पनौती बसपार्कबाट ढुङखर्क, च्याङ्लाङबेशी,  कुश्मादेवी लगायत ठाउँमा जाने गाडी चलेका छैनन् ।  भक्तपुर मिनिबस सेवा समितिका सचिव प्रकाश बस्नेतले बाटो बिग्रिएको र जोखिमपूर्ण रुटमा आफूहरुले बस चलाउने तर सुगम क्षेत्रमा नयाँ कम्पनीलाई इजाजत दिने काम गलत भएकाले ग्रामीण भेगमा गाडी नचलाएको बताए ।

शहरी क्षेत्रमा चल्ने सबै गाडी ग्रामीण भेगमा पनि चल्नुपर्ने माग राखेको बताउनुभयो । सरकारले भने प्रतिस्पर्धाका आधारमा सार्वजनिक गाडी चल्ने भएकाले आन्दोलनको अर्थ नभएको बताए  ।


तपाईको प्रतिक्रिया