(राजकुमार गोले) १८ चैत्र २०७४, काभ्रे । काभ्रे जिल्लाको गाउँपालिका र नगरपालिकामा ब्लड बैँक छैनन् ।  ‘ब्लड बैंक’ नहुँदा रगत अभावमा बिरामी समस्यामा छन । रगत अभावमा उपचारमा समस्या देखिएको छ । ब्लड बैंक नभएकै कारण तत्कालै रगत आवश्यक पर्ने बिरामीलाई अस्पतालले बाहिर ‘रेफर’ गर्दै आएको छ ।
जसका कारण बिरामी थप उपचारका लागि काठमाण्डौँ, भक्तपुर र ललितपुरसम्म पुग्न बाध्य छन ।

विष्णुबहादुरलाई रगतको पिरालो

रोशी गाउँपालिका–४, महादेवटारका ३७ वर्षिय बिष्णुबहादुर रखाल मगरललाई प्रया रगत कसरी जुटाउन भन्ने चिन्ताले सताउँछन् । उनका छोरालाई ४ महिना अघिदेखि बनम्येरो फेल भई उपचारको लागि ओ पोजेटिभ रगत अभावका कारणले मगरलाई जिल्लाभरि नै रगत नभेटेपछि चिन्ताले सताउन थलोको हो । शिर मेमोरियल अस्पताल बनेपामा उपचार गराई रहेका उनका छोरा राजु रखाल मगरलाई उपचारको लागि बुबा बिष्णुबहादुरले रगतको अभावमा भौतारिन्छन । उनले कहिले काठमाण्डौँको बालकुमारी र भक्तपुर क्यान्सर अस्पतालबाट रगत ल्याएर छोराको उपचार गराइरहेका छन् । चाहिने मात्र रगत नपाउँदा समस्या परेका उनलाई एकतिर भनेको बेला रगत नपाउँनु र अर्काेतिर छोराको उपचारको लागि आर्थिक अवस्था कमजोरका कारणले रकम जुटाउन नसक्दा समस्याले थिचिएको छ । उनले मलिनो स्वरमा भने,रोग पत्ता लगाउनका लागि मात्रै विभिन्न अस्पताल चहारे बल्ल पत्ता लगोको छ डाक्टरले हप्ताको ७ पाउन ब्लडको आब्यकता पर्छ भन्ने पछि म सधै जसो रगतको खोजीमा भौतारिकन बाध्यछन मेरो छोरालाई बचाउने पाए तिर्ने थिए ।’

रगत खोज्ने की छोरालाई बचाउने
हिजो आज बिष्णुबहादुरलाई रगतको भन्दा पनि छोराको उपचार कसरी सफल गर्ने भन्ने चिन्ता छ । एक्लो छोरालाई बचाउन पाए सबैको गुन तिर्ने थिए विष्णुले । गरिबीको चपेटामा छटपाईरहेको विष्णुबहादुरको सपना छोरालाई राम्रोसँग उपचार गर्ने र पढाई ठूलो मान्छे बनाउने तर विष्णुबहादुरको मनमा यतिखेरा बज्रपातले छुरा रोपेको छ । न उनको पिडा कसैले देख्छन न त कसैले बुझ्ने कोशिस र बुझाउने कोशिर । अखिर पिडामा भौतारिनु बाहेक बिकल्प छैन विष्णुबहादुरसँग । बिहान बेलुका छाक टार्न समेत धौँ–धौँ भएका उनको परिवारमा छोराको उपचारमा समस्या भएपछि अजिंगारको पहाडझै भएको छ । एक पटक रगत ल्याउँदा ६ हजार लाग्छ तर उनीसँग ६ सय रुपैया समेत छैन । छोराको उपचार गर्दा गर्दै सिर सम्पती नै सकेका उनले जसरी भएपनि छोराको उपचार गर्नु छ ।

बाँचेर पढन पाए ठुलो मान्छे बन्छु
शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा रिपोटिङको क्रममा भेटिएका बिष्णुबहादुरका १३ वर्षिय छोरा राजु रखाल मगरको कुरा सुन्दा समाचार संकलनको लागि अस्पतालमा पुगेका पत्रकारदेखि बेडमा कुरुवा बसेकाको मनपनि खिन्न बनाए । उनले भाबुक मुद्रामा भने, म तपाइहरुके साथ र सहयोगले बाच्न पाए ठूलो मान्छे बन्छु र म जस्तै बिरामीको सेवा गर्ने छु । स्थानीय सम्भेश्वर आधारभूत विद्यालयमा कक्षा ७ म तृतिउ श्रेणीय हाजिर गरेका उनको पढाईै बिचमै तुहियो । उनीसँगै पढेका साथी भाई भन्दा राम्रो पढने र पढेर डाक्टर बन्ने सपना छ उनको । उनी भन्छन–‘म बिरामी नभएको भए यसपालि प्रथम हुन्थे बिरामी भयो पढनै सकेन, मैले गर्दा बुबा आमालाई दुःख भयो तपाईहरु सबै मिलेर मलाई बचाइदिनुस बाँचे गुन तिरौँला ।’


तपाईको प्रतिक्रिया