जन्मथलो रामेछाप भए पनि आफ्नो कर्म थलो काठमाडौ बनाउदै आएका छन मोडल तथा निर्देशक रामचन्द्र बोहरा । बुबा निरबहादुर बोहरा र आमा याममाया बोहराको कोखबाट बि.स. २०४९ बैशाख १ गत्ते जन्मिएका हुन्न । लोकदोहोरि क्षेत्रमा एक कुशल मोडलको रुपमा चिनिनुको साथसाथै विभिन्न म्युजिक भिडियो अनि टेलिसिरियको निर्देशन समेत गरिसकेका छन बोहराले । यहि चैत २५ गत्ते आयोजना हुनलागेको प्रथम केन्द्रिय अनलाइन लोकदोहोरी अवार्ड २०७४ बाट सर्बोत्कृष्ट म्युजिक भिडियो मोडल (पुरुष ) मा नोमिनेसन मा परेका छन । अहिले उनी आफ्ना फ्यानहरुलाइ भोट माग्दैमा ब्यस्त छन । कार्यक्रम अनि ब्यक्तिगत बिषयमा बेथानचोक सम्बादाता अमृत ओझाले गरिएको कुराकानी :-

रामचन्द्र बोहरा, मोडल तथा निर्देशक

० हिजो आज के गर्दै हुनुहुन्छ ? 
खासै अरु काम त केही गरेर हैन कलाकारिता क्षेत्रमा नै काम गरेर बित्दै छ । म्युजिक भिडियो तथा सिरियलहरुमा अभिनयको साथसाथै निर्देशन तिर नै ब्यस्त छु ।

० कलाकारितामा लाग्नु भएको कति भयो नि ?
यस क्षेत्रमा त म नयाँ नै हु भन्दा फरक नपर्ला किन कि म एक बर्षमात्र भयो ।

० छोटो समयमा नै सफल मोडल बन्न सफल हुनु भएको छनी कसरी ?
सफल नै चाहिँ भन्न अलि नमिल्ला किन कि म कलाकारिता मा नौलो नै हु । किन भने १ बर्ष मात्र भयो । अझ धेरै गर्न बाकी छ । छोटो अबधिमा अरुको तुलनामा १/२ वटा भिडियोमा अभिनय गरियो र दर्शकहरुले मन पनि पराइदिनु भयो । यो सबै दर्शकहरुको कमाल हो ।

० तपाईं मोडल कि निर्देशक ? 
म दुबै काम मा सक्षम भैसकेको छैन । म दुबै काम सिक्दै छु । मैले सुरुवात नै मोडलिङ्गबाट सुरु गरेको हु निर्देशन त पछि मात्र गरेको हो । त्यसैले म आफुलाइ मोडल नै भन्न रुचाउछु । परिस्थिति आइपरेको खण्डमा निर्देशक पनि ।

० अहिले सम्म कति वटा भिडियोमा मोडलिङ्ग गरिसक्नु भयो त?
अहिले सम्म बजारमा आएको भिडियो चाहिँ लगभग ३५ को हराहारिमा अभिनय गरेको छु भने केही आउने क्रममा छन ।

० तपाईंले अभिनय गर्नु भएको गित मध्ये मन पर्ने गित कुन हो ? किन ?
सबै नै मन पर्छ । किन भने म जुन पायो त्यही गितमा काम गर्दिन एकपटक राम्रो सङ्ग सुनेर अनि मन पर्‍यो भने मात्र काम गर्छु । रामेछापमा भेट भन्ने गित साह्रै मन पर्छ किन भने आफ्नो गाउठाउको बारेमा लेखिएको छ । अतिनै मन पर्छ ।

० रामेछापको मान्छे काठमाडौ चाहिँ कसरी आउनु भयो ?
खास म चार्टर एकाउन्टेन पढ्छु भनेर आएको हु तर खै कसरी कसरि कलाकारितामा घुसिसक्के छ पत्तै भएन । तर पनि यसबाट खुशी नै छु ।

० अभिनय गर्न सजिलो कि अभिनय गराउन ?
सन्सारमा कुनै पनि काम गर्न सजिलो हुदैन । जुन काम हामीले गर्दैछौ त्यसलाई हामिले गाह्रो सम्झनु हुन्न । कामलाइ त हामिले सजिलो बनाउनु पर्छ ताकी त्यो काममा हाम्रो ध्यान जाओस अनि काम गर्न मन लाग्ने छ अनि काम सफल हुन्छ । जहाँ सम्म मेरो कुरा गर्नु भयो मेरो लागि दुबै उस्तै उस्तै हुन । तर पनि अभिनय गर्न नै अलि सजिलो हुन्छ किन कि अरुलाइ सिकाउन अलि गाह्रो हुन्छ ।

० तपाईंले अहिलेसम्म कति वटा भिडियो निर्देशन गर्नु भयो?
मैले २ वटा गित को निर्देशन गरेको छु भने १० भाग सम्मको सिरियल । अरु पनि गर्ने सोचमा छु ।

० प्रथम पटक केन्द्रिय अनलाइन लोक दोहोरी अवार्ड बाट सर्बोत्कृष्ट म्युजिक भिडियो मोडल पुरुष तर्फबाट पर्नु भएको छ के भन्न चहानु हुन्छ? 
सर्वप्रथम त मलाइ योग्य ठानी अवार्ड मा समावेश गर्नु भएकोमा आयोजक टिमलाई धेरै धेरै धन्यवाद । एकदमै खुसीलागेको छ । नोमीनेसनमा परीएको छ अब केही दीनमा त्यसको रीजल्ट पनि आउदै छ सम्पुर्ण दर्शक हरुलाइ मलाइ भोट हालेर सहयोग गरीदीनु होला भन्न चाहन्छु । तपाइहरुको एक भोटले कसैको राम्रो हुन्छ भने एकपटक भोट गरिदिनु होला ।
मलाई भोट गर्ने तरीका :- 
मोबाइल को म्यासेज बकस मा गएर Lok एक space दीएर 126 टाइप गर्नुस र 34343 मा पठाउनु हो ।

० कलाकारिता क्षेत्रमा बाच्न गाह्रो हुन्छ भन्छन नि?
बाच्नै गारो भन्ने त हुदैन आफुमा पनि कला चाहिन्छ । यति आफू सङ्ग कला छ भने जुनसुकै क्षेत्रमा गए पनि बाच्न सकिन्छ । नया नयामा टिक्न अलि गाह्रो नै हुन्छ तर हार मान्नु भएन । धैर्य गर्नु पर्छ । फल अबस्य मिल्छ । नेपालीमा उखान नै छ नि प्रतीक्षाको फल मीठो हुन्छ भनेर ।

० तपाइ फोकटलाल सिरियल छोडेर हालत खराब सिरियल निर्देशन गर्दै हुनुहुन्छ । किन?
खासै ठुलो कारण हैन । फोकटलाल सीरीयल छोडनु को कारण चै नीर्माता ल्याउने कुरोमा अली अली वीबाध परेको थीयो मलाई वीबाद गरेर बस्नु मन पर्दैन तेसैले आफै नया हालतखराब सीरीयल निर्माणमा लागेको हु ।

० हालत खराब कस्तो खालको सिरियल हो?
हालत खराब हास्य ब्याङ्ग मिसाएर सन्देश दिने सीरीयल हो । सिरियलमा समाजका यथार्थ घटना समेत मिसिएको छ ।

० समाजलाई आफ्नो परिचय के भनेर चिनाउन चहानु हुन्छ मोडल या निर्देशक ?
म त्यस्तो ठुलो कलाकार हैन । म त सिक्दै गरेको एक चेला हो भन्दा फरक नपर्ला ।

० कलाकारिता मा नया प्रवेश गर्नेहरुलाइ महँगो पैसा तिर्न लगाइन्छ रे नि त के भन्नू हुन्छ ? 
कलाकारीता क्षेत्र मा प्रबेश गर्दा महङ्गो नै लीन्छन मैले पनि दरो लगानी गरेर नै आएको हु । तर कला हुने ले कतै अवसर पनीत पाउँछन् नी. ।

० भने पछि नेपालमा कलाकारितामा लाग्न गारो छ हैन त? 
एक दमै गाह्रो छ फलामको चीउरा चपाउनु र कलाकारीता क्षेत्र मा टीक्नु एउटै एउटै हो ।

० तपाईका प्राय सेन्टिमेन्टल गितमा मात्र अभिनय हुन्छ नि ? 
मलाई नाच्नु अली आउदैन अनि सेन्टीनै धेरै गरीन्छ साथमा सेन्टी मै मैले न्याए दीनु सक्छु जस्तो पनि लाग्छ ।

० अन्त्यमा के भन्नू हुन्छ ?
सर्वप्रथम तपाईं अनि बेथानचोक खबर डट कमको टिमलाइ धेरै धेरै धेरै धन्यवाद । बिगतका दिनहरु देखि नै मलाई माया , साथ अनि हौसला दिदै आउनु भएको छ । आगामी दिनहरुमा पनि तपाइहरुको साथ अनि मायाका साथसाथै सल्लाह सुझावको पनि अपेक्षा गरेको छु । विशेष त केन्द्रिय अनलाइन लोकदोहोरो अवार्ड यहि २५ हुन गैरहेको छ । जस्मा सर्बोत्कृष्ट म्युजिक भिडियो मोडलबाट नोमिनेशनमा परेको छु । आदरणीय दाजुभाइ तथा दिदिबहिनीहरुमा मलाई भोट गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु । भोटिङ यहि २३ गत्ते सम्म मात्र हुने भएकोले भोट गरेर सहयोग गरिदिनु होला ।


तपाईको प्रतिक्रिया