(सुरज श्रेष्ठ) १५ चैत्र २०७४, धुलिखेल । काभ्रे जिल्लाको सदरमुकाम धुलिखेलमा नयाँ वर्ष लक्ष्यित गर्दै सडक खाना महोत्सव हुने भएको छ । आयोजकको अनुसार चैत ३० र बैशाख १ गते सडक खाना महोत्सव हुनेछ ।

धुलिखेलको पुरानो बजारको समेत प्रदर्शन हुने गरी सोहि स्थानमा महोत्सव चल्ने सडक खाना महोत्सव संयोजन समितिका संयोजक श्रवण कुमार तखाछेले जानकारी दिए । धुलिखेलभित्र रहेका विभिन्न क्लब, समूह मिलेर आयोजना गरिने र महोत्सवको मूख्य आयोजक भने धुलिखेल नगरपालिका रहेको बताए । नेवारी, तामाङ तथा विभिन्न समुदायका खानाका साथै होटलहरुको खानाका परिकार सहित ४० वटा स्टल रहने छ । खाना बाहेक नवदुर्गा, कृष्ण, भगवती जात्रा र गठेमंगल समेत प्रर्दशन गरिने महोत्सव ब्यवस्थापन सदस्य समिर ब्याञ्जु श्रेष्ठले बताए ।

९ लाख ४२ हजार ५ सय लगानी हुने उक्त महोत्सवमा १०-११ हजार अन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गर्ने बताएका छन । “ महोत्सवले धुलिखेलको पुरानो बजारलाई संरक्षण गर्न, गुठी, सुकुल भोज, केराको म.म लगायत विभिन्न जातजातिको खाना महोत्सवको आकर्षण हो भने पुरानो फोटो समेत प्रर्दशन गरिने संयोजक तखाछेले बताए ।


तपाईको प्रतिक्रिया