(केशवराज पौडेल) १४ चैत्र २०७४, देविटार । ‘विवाद’वाटै समाधानको सुरुवात हुन्छ । विवाद परालको आगोजस्तै हुन्छ धेरैले त्यस्तो सोच्छन् । तर केही विवाद अखण्ड हुन्छन् । विवाद पुस्तान्तरमा धकेलिन्छ तर समाधानको वाटोमा हिड्न सक्दैन । समाधानको आशा समेत मारेको विवाद भने समाधान गर्ने उदेश्यमा केन्द्रीत भएको प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रमा आबद्ध माकुरा समुहका सदस्यहरुले यस्तै पुस्तौदेखिको विवाद समाधानको ‘राजमार्गमा’ आफूलाई दौडाउन सफल भएका छन् । बत्तिमुनीको अध्यारो सदरमुकामसँगै जोडिएको देविटार गाविस-हाल धुलिखेल नगरपालिका, उग्रचण्डी नाला हाल बनेपा नगरपालिकामा रहेका सामुदायिक वनभित्र २०६३ सालवाट अतिक्रमण सुरु भयो । ढुंगेखोला महिला सामुदायिक वन उपभोक्ता समुह, लप्सेपाखा कवुलिय वन, बाटेडाँडा कवुलियत वन क र ख र चिहानडाँडा कवुलियत वनमा अतिक्रमण सुरु भएसँगै विवाद चर्कियो । सबै वनका उपभोक्ता भने देविटार र उग्रचण्डीकै भएसँगै बढेको विवादमा खुकरी निकाला निकाल भयो ।

तस्बिर : केशब राज पौडेल

आफूहरुले सदियौदेखि जोगाएर राखेको वनभित्र मकै बदाम र आलुसँगै घर गोठ भटाभट निर्माण हुन थालेपछि उपभोक्ता समितिमा बस्नेहरुले प्रतिकारको प्रयास गरे । तामाङ समुदायको बाहुल्यता रहेको चिहान डाँडामा वन सखाप भएपछि केही तामाङ अग्रजहरुले प्रतिकारको प्रयास समेत गरे । त्यतीबेलाका वन उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद सापकोटा सख्त घाइते बन्न पुगे । उपभोक्ता समितिले स्थानीय तीजबहादुर तामाङलाई वन मुद्धा लाग्यो केही समय हिरासतमा बसेर उनी निस्किए । अतिक्रमण भने अझै हट्न सकेन । फलामको टष्ट्र बनाएर बस्नेहरुको संख्या बढ्दै गयो । विवाद समाधान नभएर उत्र्कषमा पुग्यो तर समाधानको प्रयास कमैमात्रै हुन थाल्या । २०७३ सालमा जिल्ला वन कार्यालय काभ्रेले एउटा अन्तरकृया कार्यक्रमको आयोजना गरेपछि स्थानीयले आफ्नो वनको समस्या भएको जानकारी गराएपछि समस्या प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रसम्म आइपुग्यो अनि सुरु भयो समाधानको प्रयास । २०७३ मंसिरवाट सुरु भएको विवाद समाधानको असिम यात्रा आज आईपुग्दा समाधान नजिक पुगेको छ । केही छिटपुट घर बाहेक धेरैले जग्गा खाली गरेका छन् । बदाम रोप्ने पाखामा बृक्षारोपणको अभियान यही बर्षादमा हुने स्थानीय माकुरा समुहका सदस्यहरु बताउँछन् ।
३ सय रोपनीभन्दा धेरै जग्गा अतिक्रमणको सिकारमा परेका छन् । तर साझा उपभोक्ता भएको कारणले उनीहरुले साझा रुपमै सार्वजनिक जग्गाको संरक्षणमा जोडतोडले लागेका छन् ।

तस्बिर : केशब राज पौडेल

प्राकृतिक स्रोत द्धन्द्व रुपान्तरण केन्द्रका क्षेत्रीय संयोजक रमिला हुँमागाईले काभ्रेको ढुंङ्गेखोला सामुदायिक वन गेखोला महिला सामुदायिक वन उपभोक्ता समुह, लप्सेपाखा कवुलिय वन, बाटेडाँडा कवुलियत वन क र ख र चिहानडाँडा कवुलियत वनको समस्या समाधानको अन्तिम स्वरुपमा रहेको बताईन् । उनले भनिन् माकुरा समुहको सकृयतामा हामीले लामो समयदेखिको विवाद समाधानको वाटोमा अघि हिडेका छौ ।  विवादित वनभित्रको समस्या समाधानका लागि वन अधिकृत शंकर झा तथा धुलिखेल नगरपालिकाका मेयर अशोक व्याञ्जू तथा उपमेयर विमला शर्माको समेत योगदान उच्च रहेको छ । ‘हरेक बैठकमा उपस्थित भएर उहाँहरुले हामीलाई उच्च मनोवलले काम गर्न हौसला दिनु भएको छ’ स्थानीय माकुरा समुहको सदस्य आस्था घोरासैनीले सुनाईन् ।  विवाद समाधान होला भन्ने सपनामा समेत नसोचेका स्थानीयहरु पौष १३ गते आम समस्या समाधानको भेला गराउन सफल भएसँगै ढुंङ्गेखोलाको विवाद समाधानमा कोशेढुंगा स्थापित भएको छ । भेलामा लामो समयदेखि बस्न नसकेको साधारण सभा बस्ने, बैठक नियमित रुपमा गर्ने, कवुलियत बनको समितिको पुन गठन गर्नेसँगै ढुंगेखोला महिला सामुदायिक वनको नाम परिर्वतन गरेर ढुंगेखोला सामुदायिक वन रहने निर्णय पारित गरेको छ । १५ बर्षदेखि मिचिएको वनको सिमांकन र रेखाकंन गर्ने सिमाना छुट्टाउने र वनभित्र आयमुलक आम्दानी बढाउने खेतीको लागि समुह अग्रसर बनिरहेको छ । अब सबैको साझा प्रयासवाट मात्रै वनको संरक्षण हुने भएकाले पौष १३ गते शनिवार भएको आम भेलावाट सुर्दशन सापकोटा अध्यक्ष रहेको समिति चयन भएको छ । समितिको उपाध्यक्षमा देवका नेपाल, सचिवमा माधव बजगाई, कोषाध्यक्ष रामप्यारी घोरासैनी रहेको १३ सदस्यीय समिति बनेको छ । समितिले विधान परिमार्जन गर्ने, सिमाना छुट्टाउने र जिल्ला वन कार्यालयसँग समन्वय गर्ने कार्यमा अघि बढेको छ । जिल्ला वन कार्यालय काभ्रेका अधिकृत प्रेम खनालले विवादमा रहेको वनको छलफलवाट समस्या समाधानको बाटोमा हिडेको बताए ।

तस्बिर : केशब राज पौडेल

२०७५ जेठसम्ममा वनले आफ्नो सिमांकन छुट्टाउने तयारी गरेको छ । धुलिखेल नगरपालिकाले आफ्नो स्थापना दिवसको अवसर पारेर विवादमा रहेको वनलाई छलफलको विधी मार्फत समस्या समाधान गराएको भन्दै उत्कृष्ट सामुदायिक वनको रुपमा सम्मान गरेको थियो । लामो विवादमा रहेको वनले विवादको समाधान गर्दै अग्रसर बनेको सम्मान गरेका हा,मेयर अशोक व्याञ्जूले बताए ।
नायक बने माकसरा समुह प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रसँग एउटा भिजन छ । गाँउकै स्थानीयहरुलाई तालिम प्रदान गरेर द्वन्द्व समाधानमा कृयाशिल गराउने । यो सामुदायिक वनको विवाद समाधानमा स्रोत केन्द्रका रमिला हुँमागाई, रिता मानन्धर र गंगा दोङसँगै स्थानीय माकुरा समुहका सदस्यहरुको भुमिका नायकको जस्तै छ । जसले सेवा सुविधा समेत केही नलिईकन आफूहरुलाई विवाद समाधान गराउन सक्ने बनाएका छन् । माकुरा समुहमा रामशरण बजगाई, रामकृष्ण बजगाई, रमेश घोरासैनी,गोविन्द घोरासैनी, प्रकाश तामाङ, छायाँ तामाङ, सुनिल तामाङ, सरस्वती घोरासैनी, पुष्पा घोरासैनी,आस्था घोरासैनी, देवकी भट्टराई,साईली तामाङ र सितामायाँ तामाङ छन् । उनीहरुले गरेको निरन्तर संवाद र सकारात्मक आचारणकै कारणले विवाद समाधान बन्न पुगेको छ । पोहोरसम्म डेडेलोमा निस्कृय अहिले सकृय

तस्बिर : केशब राज पौडेल

हरेक बर्ष ढुंगे पाखा सामुदायिक वन डडेलो लाग्ने गरेपनि स्थानीय उपभोक्ताहरु कानमा तेल हालेर बस्थे । हरेक बर्ष तलवाट सुरु भएको आगोको लप्का माथिसम्म जान्थ्यो । यो बर्ष उपभोक्ताको सुझबुझकै कारण र संरक्षण हुन थालेको छ । पोहोरसम्म वनमा लागेको आगो आफै निभ्ने भन्दै बताउने उपभोक्ता यो बर्ष सानो आगो देख्ने वित्तिकै स्याउला बोकेर निभाउन दौडेपछि ठूलो डडेलोवाट जोगिन सफल भएका छन् ।
प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रका कार्यकारी निर्देशक चुपबहालदुर थापा प्राकृतिक स्रोतहरुको द्वन्द्वको समाधान गराउन सकेकोमा आफ्नो टिम बधाइको पात्र रहेको बताए । उनले भने नियमित संवादलेनै विवाद समाधान गराउन मद्धत पुग्ने भएकाले सही आचारण सबैले उपयोग गर्न अनुरोध समेत गरे ।


तपाईको प्रतिक्रिया