(सुरज श्रेष्ठ) १३ चैत्र २०७४, बेथानचोक ।  बेथानचोक गाउँपालिका भुकम्पपीडितहरु मंगलवार आन्दोलित बनेका छन् । बेथानचोक गाउँपालिका वडा नम्बर २ र ३ का ८५ घरधूरिको दोस्रो किस्ता बापत भरेको फारमको रकम नआएपछि दोस्रो किस्ताको माग गर्दे आन्दोलन गरेका हुन् । पीडितहरुले वडा न. ३ का वडा कार्यालय महाँकालथान देखि नारा बाजी गर्दै २ नम्बर वडा कार्यालय अगाडी पुगेर विरोध सभा गरेका थिए ।

तस्बिर : सुरज श्रेष्ठ

८५ जना भूकम्पप्रभावितले आफुहरुको दोस्रो किस्ता रकमको फारम बेपत्ता पारेको आरोप रहेको छ । पुस मसान्तभित्रै भरेको फारमको रकम नआएपछि गाउँपालिकाको वडा नम्बर २ र ३ ढुंखर्कका भूकम्पप्रभावितले जिल्ला स्थित पुननिर्माण प्राधिकरणको सचिवालय, भवन डिभिजन कार्यालयमा आएर बुझ्दा फारम नै नभेटिएपछि उनीहरुले बेपत्ता पारेको आरोप लगाएका लगाएका छन् । ‘डिपीसी तह सकेर पुस २४ गते फारम भरेको थिएँ, इन्जिनियरले भरेको फारम देखाउँदै स्थानीय सोमनाथ तिमल्सिनाले भने ‘सँगैको साथीको पैसा आयो मेरो चाँहि आएन, के भएछ भनेर बुझ्दा फारमनै जिल्लामा नभएको बताए ।’

तस्बिर : सुरज श्रेष्ठ

इन्जिनियरको अभावमा लामो समयदेखि दोस्रो किस्ताको फारम उक्त दुई वडामा भरिएको थिएन् । तर छिमेकी वडा च्यासिङखर्कका इन्जिनियर ध्रुब सेढाईलाई बोलाएर फारम भर्न लगाइयो । समय गुज्रिसकेकाले उनले पनि फिल्ड नगई धमाधम फारम भरे । ‘फिल्ड जाने समय नै थिएन, उनले भने फोटोको आधारमा जनप्रतिनिधि राखेर फारम भरियो, पछि डिपीसी नगरेको ब्यक्तिको पनि फर्ममा नाम परेछ ।’ इन्जिनियर सेढाईले थोरै समय र जनप्रतिनिधीहरुको दबाबका कारण समस्या उत्पन्न भएको बताए । उनले भने, सबैका प्रेसरमा काम गर्नु पर्ने सबैले आफ्नो गाउँ टोलको मात्रै पहिला गर्न खोज्यो मेरो तरिकाले काम गर्ने वातावरण भएन जिल्लामा पठाउँदा फिर्ता भएर आयो , सबैले इन्जिनियरलाई मात्र दोष दिन्छ मैले गाउँमा कोही चिनेको हुँदैन जनप्रतिनिधीहरुसँगै गाउँमा गएर भनेको आधारमा काम गरेको हो उनले थपे । ’ वडा नम्बर २ का वडाअध्यक्ष भगवान घिमिरेले सबै काम इन्जिनियरले गर्ने रहेको बताए । हामी त निर्देशन दिने हो सबै कामको बारेमा थाहा हुदैन गल्ती कमीकमजोरी भयो भने कार्बाही भोग्न तयार छु उनले भने, ‘बाहिर हल्ला भएको जस्तो होइन वास्ताविक पिडितले पाउँनु पर्छ भन्ने मेरो मान्यता हो वडा कार्यालयमा छुटेको भनेर गुनासो त आएको छ यस बारेमा गम्भिर ढंगाले लिइरहेका छौँ ।’

तस्बिर : सुरज श्रेष्ठ

यसरी डिपीसी नगरेका ब्यक्तिको समेत फारम भरेको गुनासो पछि जनप्रतिनिधिहरु अनुगमनमा पनि खटिएका थिए । ‘छड्के चेकजाँचका लागि मेरो घरमा पनि आउनु भएको थियो, सोमनाथले भने ‘मेरो त डिपीसी भइसकेर फारम भरेको थिए ।’ उक्त दुई वडामा पहिलो किस्ता पाएका १ हजार १ सय ५५ जना लाभग्राहि छन् । जनप्रतिनिधिकै आग्रहमा ४० देखि ४५ जनाको फारम रद्द गरिएको इन्जिनियर सेढाईले जानकारी दिए । ‘जनप्रतिनिधिकै आग्रहमा भरिसकेको फारम रद्द गरिएको हो, इन्जिनियर सेढाईले भने ‘रद्द गरिएको फारम मसँग सुरक्षित छ ।’ वडा नम्बर ३ का वडाध्यक्ष दिल बहादुर श्रेष्ठले सुरुमा डिपीसी नसकिएका ७ जना लाभग्राहिले फारम भरेको र त्यो रद्द गरेर पछि डिपीसी सकिएपछि पुनः फारम भरेको बताए ।

तस्बिर : सुरज श्रेष्ठ

भुकम्पपीडितहरुको गुनासो वडा कार्यालयले सुनुवाई नगरेपछि बाध्य भएर बाम गठबन्धनले विरोध कार्यक्रमको नेतृत्व गरेको मर्दन सिं तामाङ पेमाले बताए । वडा नम्बर २ र ३ को गरी ८५ जना भुकम्पपीडितहरुले पाउँनु पर्ने दोस्रो रकम नपाएपछि विरोधका कार्यक्रम गरेको जानकारी दिए । ‘गाउँपालिकादेखि वडा कार्यालयसम्म काभ्रेग्रेसको मात्रै हाबी भएपछि भुकम्पपीडितको पक्षमा उभिदै आन्दोलनको कार्यक्रम बाम गठबन्धनको नेतृत्वमा विरोध कार्यक्रमको अयोजना गरेको हो उनले भने, । स्थानीय भूकम्प प्रभावितले वेदप्रसाद तिमल्सिनाको नेतृत्वमा ७ सदस्यीय विरोध समिति समेत गठन गरेका छन् । उनीहरुले मंगलवार विरोधका कार्यक्रम पनि सुरु गरिसकेका छन् । वडा कार्यालय घेरा र धर्ना कार्यक्रम समेत गरेका थिए ।

तस्बिर : सुरज श्रेष्ठ

 

 

 

 

 

 

 

पुरा भिडियो हेर्नुसहोस् :-


तपाईको प्रतिक्रिया