चैत १३, नेपालगन्ज – नयाँ शक्ति नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले राजनीतिक दलहरु सत्तामुखी भएसम्म मुलुकमा राजनीतिक स्थायित्व कायम हुन नसक्ने बताएका छन् ।

सो दलले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाली काँग्रेस र एमाले सत्तामुखी पार्टी भएकाले ती दलबाट मुलुकको समृद्धि सम्भव नभएको धारणा राखे ।

उनले दलगत ट्रेड युनियन खारेज नगरेसम्म कर्मचारी प्रशासनलाई सुधार गर्न नसकिने पनि बताए । अध्यक्ष भट्टराईले भने, “खटाएको स्थानमा नजाने कर्मचारीलाई ऐन संशोधन गरेर कारबाही गर्ने आँट सरकारले गर्न सक्नुपर्छ ।”


तपाईको प्रतिक्रिया