१२ चैत्र २०७४, एजेन्सी । रुसको व्यापारिक केन्द्रमा भिषण आगो लाग्दा ३७ जनाको ज्यान गएको छ । बिबिसीका अनुसार ४१ बालबालिकासहित ६४ जना हराइरहेका छन् । व्यापारिक केन्द्र रहेको भवनको एक भाग नै भत्किएको बिबिसीले जनाएको छ ।

पीडितको उद्दारका लागि ६ सय ६० भन्दा बढी उद्दारकर्मी परिचालन गरिएको छ । आगो लाग्नुको कारण अहिलेसम्म खुल्न नसकेपनि आगलागीबाट फिल्महल भत्किएको छ । सन् २०१३ मा खुलेको यो केन्द्रमा रेष्टुराँ, चिडियाघर, सिनेमाघरलगायत छन् । केमेरोफोको विन्टर चेली मलको चौथो तलबाट आगलागी शुरु भएको प्रहरीले जनाएको छ ।


तपाईको प्रतिक्रिया