(सुमन तोलाङ्गे) १० चैत्र २०७४, काठमाडौं । समता बचत तथा ऋण सहकारी संस्था लिमिटेड, न्यौत ललितपुरको आयोजना तथा पाटन हार्ट क्लिनिक, टङ्गाल र फोर्ट्स (ईन्डिया) ल्याब्रेटरिज प्रा. लि., (काठमाडौ हेडक्वाटर) को संयुक्त प्रायसमा मुटु तथा मधुमेह स्वस्थ्य शिविर आज सम्पन्न भएको छ ।

तस्बिर : कल्याण श्रेष्ठ

शिविरमा रगत परिक्षण, मधुमेह जांच, पिसाब परिक्षण, ई.सि.जि., गरियो । जसमध्ये रगत परिक्षणमा ९३, मधुमेह जांचमा ९३, पिसाब परिक्षणमा ८५, माइक्राेएल्बुमिन युरिया परिक्षणमा 45, ई.सि.जि. मा ९० जना गरि जम्मा १०० भन्द बढिको सङ्लग्नता रहेको थियो । “स्वस्थ शरीर सबैको चाहाना हो । तर आफ्नो दैनिक जीवनका क्रियाकलाप, खानपान, आफू वरपरको वातावरणको अवस्थाले गर्दा मुटु र मृगौला जस्ता मानव शरीरको महत्त्वपूर्ण अङ्गको स्वस्थ्यमा प्रभाव पर्दछ । दैनिक व्यायाम गर्ने, स्वास्थकर खानपान खाने, धूम्रपान / मधपान नगर्ने, आफू र आफ्नो वरपरको वातावरणको सरफाईमा ध्यान दिने, र नियमितरूपमा स्वास्थ्य परिक्षण गर्ने गरेमा स्वस्थ हुन सकिन्छ । यहि सकारात्मक सन्देश सन्चारका लागी यो शिविर गरिएको हो ।” पाटन हार्ट क्लिनिकका बरिस्ठ मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण कुमार श्रेष्ठले बताउनुभयो ।

 

तस्बिर : कल्याण श्रेष्ठ

मृगौला सम्बन्धि रोगको सुरुवात हुने लक्षण नै माईक्रो अल्बुमिनुरिया भएको र समयमै त्यसलाई परिक्षण गरि डाक्टरको सल्लाह अनुसार औषधि सेवन गरे त्यस्लाई रोकथाम गर्न सकिने कुरा फोर्ट्स (ईन्डिया) ल्याब्रेटरिज प्रा. लि., (काठमाडौ हेडक्वाटर) का तर्फबाट कल्याण श्रेष्ठले बताउनुभयो । आयोजक संस्था समता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ३० बर्ष भन्दा बढी उमेरका सदस्यहरुको स्वास्थ्य परिक्षणको कार्यक्रम सफलता पुर्बक सम्पन्न भएकोमा खुशी हुँदै प्राबिधिक सेवा दिनुहुने पाटन हार्ट क्लिनिकका बरिस्ठ मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण कुमार श्रेष्ठ र फोर्ट्स (ईन्डिया) ल्याब्रेटरिज प्रा. लि. (काठमाडौ हेडक्वाटर) लाई बिशेष धन्यवाद व्यक्त गर्नुभयो ।


तपाईको प्रतिक्रिया