०९ चैत्र २०७४, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक मेलम्ची हुदै निरन्तर बग्ने नदि इन्द्रावती नदि मा अहिले व्यापक माफियाहरुको चलखेल सुरु भएको छ।

इन्द्रावती नदिमा अहिले उद्योग खोल्ने नाउमा सिन्धुपाल्चोक मेलम्ची र काभ्रे को सिपाघाट हुँदै दोलालघाट सम्म लगभग 15 देखि 20 ओटा क्रसर संचालनमा रहेको छ ।जुन क्रसरहरु चलिरहदा खेरी सिन्धुपाल्चोक र काभ्रेको खेतीयोग्य जमिन अहिले सुक्खा भएको छ । कारण हो खोला गहिरिनुको कारण खेतीयोग्य जमिनमा सिंचाइ नहुन खाने पानीको मुहानहरु सुक्दै जानु वरपरका बाताबरण,बालिनालिमा,धुलो र प्रदुषणले उत्पदनमा रास आउनु यस्ता पिडाहरु मेलम्ची देखि दोलालघाट बासिले भोग्नु परेको छ।

जुन हिसाबले उद्योग हरु संचालित हुदा खेरी उक्त उद्योग हरुबाट प्रभावित जनताले अहिले पुर्ननिर्माण को घर बनाउदा खेरी क्रसर मालिक हरुले उत्त प्रभावित जनतालाई छुट समेत दिएका छैनन सामानमा।किन नदिएको भनेर सोधपुछ गर्दा हामिले जनप्रतिनिधि देखि cdo ,ldo,राजनीति नेता सबै लाई हामिले पालेका छौ तिमीहरूलाई किन दिनु पर्यो ? भन्दै भुकम्प पीडित जनता हरुलाइ मालसामानमा झन बडि चर्को मुल्य लिदै सामान बेच्ने गरेका छन। जुन खोलामा अहिले 100 देखि 120 सम्म का इस्काभेटर प्रयोग गरेर इन्द्रावती नदिलाई एउटा नहर को रुपमा खाडल खन्दै सार्बजनिक सम्पत्ति माथी माफिया हरुको दादागिरी बडेको छ ।


तपाईको प्रतिक्रिया