०९ चैत्र २०७४, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सचिव अजम्वरकम्वाङ राई र नयाँशक्ति पार्टी नेपालकासहित गरी दर्जनौ नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शुक्रबार माओवादी केन्द्रका पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा नवप्रवेशीलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गरेका हुन ।

कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘लामोसमय कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेर आफ्नो छुट्टै पहिचान बनाउन सफल नेतालाई वाम ध्रुवीकरणका चलिरहेको समयमा माओवादी पार्टीमा स्वागत गर्न पाउदा खुशी लागेको छ । अजम्बरको आगमनले समग्र कम्युनिष्ट आन्दोलन र विशेष गरी १ नं प्रदेशमा मुक्ति आन्दोलनलाई ठूलो सहयोग हुने विश्वास गरेको छु ।’ प्रचण्डले भने, ‘तपाईको योगदान कम्युनिष्ट आन्दोलनको ध्रुवीकरणका निम्ति, राष्ट्रको एकताका निम्ति र नयाँ विजयका निम्ति महत्वपूर्ण हुन छ भनेर म विश्वास व्यक्त गर्न चाहान्छु ।’

 

त्यसैगरी केही समय अघि माओवादी केन्द्रबाट अलग भई नयाँशक्ति पार्टी नेपाल गठन गरेका नेताहरुलाई स्वगत गर्दै प्रचण्डले भने, ‘घनश्यासजी नयाँ रेकर्ड बनाउनु भएको छ । तपाईहरुलाई यो पुनर्मिलन कार्यक्रममा स्वागत गर्न पाउँदा धेरै खुशी लागेको छ । कम्युनिष्ट आन्दोलनमा पनि ध्रुवीकरणको प्रक्रिया चलेको छ । देशको राजनीतिक आन्दोलन पनि एउटा नयाँ ध्रुवीकरणका र नयाँ एकतातिर अगाडि बढिरहेको समयमा अब अगल अगल बस्नु पर्ने केही करण छैन । सबै एकताबद्ध भएर समाजवादको दिशामा अगाडि बढ्नु पर्छ ।


तपाईको प्रतिक्रिया