०९ चैत्र २०७४, काभ्रेपलाञ्चोक । रा. प्र. पार्टीका अध्यक्ष कमल थापाले काभ्रे जिल्ला प्रदेश ३ को राजधानी नहुने बताए । काभ्रेको धुलिखेलमा दुईदिन सम्म चलेको पार्टी उच्चस्तरीय अनुशिक्षण कार्यक्रमपछि पत्रकारहरुसँग बोल्दै थापाले मकवानपुर नै प्रदेश तीनको स्थायी राजधानी हुने स्पष्ट पारेका छन् ।

प्रदेश ३ भित्रपर्ने सबै जिल्लाबाट बढीमा ३ घण्टाभित्र हेटाँैडा पुग्ने सकिने भन्दै उनले काभ्रेलाई प्रदेश ३ को आर्थिक राजधानी बनाउने तर्फ आफ्नो पार्टी क्रियाशिल हुने बताएका छन् । “प्रदेश ३ को स्थायी राजधानी मकवानपुर नै हो, उनले भने “काभ्रेलाई आर्थिक राजधानी बनाउनुपर्छ ।” अस्थायी राजधानी तोकिएकै ठाउँमा अहिले धमाधम बैठक र प्रदेश सञ्चालनका नीति नियम बनाउने काम भइरहेको भन्दै उनले प्रदेश राजधानीलाई चाहिने सम्पूर्ण भौतिक पूर्वाधार मकवानपुर जिल्लासँग रहेको दाबी समेत गरे ।

“सबै हिसाबले मकवानपुर उपयुक्त छ, कुनै विवाद गर्नुपर्ने अवस्था छैन्, थापाले भने “काभ्रे जिल्लाको आफ्नो छुट्टै विशेषता छ, यहाँको सम्भावनालाई समृद्धिमा बदल्न आर्थिक राजधानी बनाउनुपर्छ ।” थापाले भने


तपाईको प्रतिक्रिया