काठमाडौँ – फेवा टाइम्सको युट्युब च्यानल मार्फत “जसले मेरो” बोलको नयाँ आधुनिक गीतको भिडियो सार्बजनिक गरिएको छ ।

उक्त गीतमा राजेन्द्र स्यांग्बोको स्वर रहेको छ भने प्रविन गाउँलेको शब्द रहेको छ । यसगीतलाई सुबास सर्जनले संगीत भरेका छन् भने टंक केसीले छायांकन र क्रिस्टी किराती लिसराले निर्देशन गरेकी हुन् ।

भिडियोमा ऋतिक सुनुवार, सायना सुब्बा र राजेन्द्र स्यांग्बोको निकै नै राम्रो अभिनय रहेको छ । भिडियोमा प्रेमी प्रेमीको माया प्रेममा आएको उतार चडाबलाइ देखाउन खोजिएको छ ।


तपाईको प्रतिक्रिया