(सुरज श्रेष्ठ) ०९ चैत्र २०७४, काभ्रेपलान्चोक । कति मिठो शब्द, प्रिय् लाग्ने शब्द, उच्चारण गर्ने बित्तिकै मेरो मन त्यसै भाबुक हुन्छ । मलाइ मेरी आमाको याद आउँछ याद आउछ जो सहनशीलताको प्रतीक हुनुहुन्थ्यो, सुखदुःख कष्ट पनि खप्न सक्नुहुन्थ्यो ।

मेरी आमाले यो संसार छोड्नु भएको ६ बर्ष पुग्यो । त्यो बेलाको कुरा सम्झदा मलाइ धेरै पीडा हुन्छ । `मेरी आमाले संसार छोड्नु भो´ यो कुरा सम्झेर अहिले पनि मेरो मन दुख्छ । मलाइ लाग्छ मेरी आमा अरु भन्दा फरक हुनुहुन्थ्यो । म अहिले पनि मेरी आमा जिबित हुँदा र आमा संग बिताएको सबै कुरा सम्झन्छु । उहाले गर्नु भएको दु:ख र त्यो बेला सहनु भएको पिडाहरु अहिले पनि मेरो मनमा ताजै छ । यि सबै कुराहरुको अहिले विश्लेषण गर्दा धेरै अर्थमा र धेरै कोणमा मेरी आमा अरु भन्दा फरक हुनुहुन्थ्यो । त्यो बेला मेरी आमा नै हाम्रो लागि सबै हुनुहुन्थ्यो । उहाँले घर परीवारको लागि र बुबाको लागि जे गर्नु भयो त्यो अनुकरणीय थियो । मलाइ याद छ बुबा बिदेश हुदा हामिलाइ घरपरिवार चलाउन धेरै नै गार्‍हो थियो, र हामी सर-सापटी गरेर चलाउने गर्थेउ । त्यति बेला मेरी आमाले कहिले चिन्ता लिन हुदैन भभन्नुहुन्थ्यो। उहाको मनमा के कुरा खेल्थ्यो कुन्नी हामिलाइ पतै हुन्न थियो । हामीलाइ जहिले सम्झाउनु हुब्थ्यो ।

मेरो स्वगिय आमा

यसै गरि दिन बित्दै जान्थ्यो हाम्रो त बुबाको भने अत्तो पत्तो हुन्न थियो । तर, मेरी आमा भने मेरो बुबाको नाममा मैले पाउन सक्ने सबै कुराको मेरी आमाले कहिले रोक्नु भएन । त्यति बेला हाम्रो परीवार आर्थिक संकटा टार्न न त सरकारी आर्थिक सहयोगको याचना गर्नु भयो न त कुनि नेताको ढोका चाहार्नु भयो । उहाले आफ्नो परिवार र हाम्रो लागि कहिले स्वाभिमान कुनै पनि स्वार्थ सङ साट्नु भएन । त्यतीबेला गाउमा मेरी आमालाइ सदै गाउँबेशी गर्नु पर्ने हुन्थ्यो । हरेक दिन खेतीपातीमा काम गर्न र बस्तुभाउको लागि घाँस काट्न घरबाट फाटमा झर्नु पर्ने दैनिकी जस्तो थियो । साझमा थाकेकी शरीर लिएर सदै सुत्नु हुन्थ्यो मेरी आमा : न त हिउद भन्न पाउने, न त बर्षा भन्न पाउने, आमाको जिबन खेतीपाती, बस्तुभाउ, घासदाउरा र परिवार भनेर नै बित्यो ।

यी माथि लेखिएका त केही कुराहरु मात्र हुन । मसंग मेरी आमाको बारेमा लेख्न यस्ता धेरै छन् जुब कुरा सबको लागि प्रेरणा बन्न सक्छ । उहाँ साचै नै मेरी आमा मात्र नभइ सबैको लागि उदाहरणनिय नारी हुन, मेरी आमा अहिले हामी माझ नहुनु भएकोमा म एकदमै दुःखित छु, तर उहाको बारेमा यी शब्दहरु लेख्न पाउँदा म आज आफै गौरबको महशुस गर्दैछु । मैले लेख लेख्दा यदी उहाँ कतै बाट मलाई अहिले ह्वेदै हुनुहुन्छ भने पनि मेरी आमालाइ सायद थाहा नहोला म उहाँकै बारेमा लेख्दै छु भनेर, तर मेरी आमाले पकै भन्नू हुन्छ मेरो छोरो ज्ञानी छ, लेखपढ गर्छ, निकै मेहनत गर्छ । यदी अहिले नै मेरी आमाको आत्मासग कुरा हुने हो भने, म उहालाइ यो लेख पढाएर सुनाउने थिए, भेट हुने थियो भने उहाको काखमा बस्ने थिए एक्छिन भए पनि आमाको न्यानो मायाको अनुभुती गर्ने थिएँ ।


तपाईको प्रतिक्रिया