चैत ८, बर्दिवास – शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रमा गरिने राजनीति सह्य नहुने बताएका छन् ।

गृहजिल्ला महोत्तरी आउनुभएका मन्त्री पोखरेलले जिल्ला सदरमुकाम जलेश्वरमा सरकारी कार्यालय प्रमुखलाई निर्देशन दिँदै शिक्षा क्षेत्रमा हुने राजनीतिलाई सबैले निरुत्साहन गर्नुपर्ने बताउनुभयो । तराईको सुगम जिल्ला भएर पनि महोत्तरी विकास सूचकांक निकै पछि पर्नु शिक्षा क्षेत्रकै गडबडी रहेको मन्त्री पोखरेलको भनाइ थियो ।

मन्त्री पोखरेलले जिल्लाका रामगोपालपुर, औरही र गौशाला नगरपालिकाभित्रका माध्यमिक शिक्षा परीक्षा केन्द्रको अवलोकन गर्दै त्यहाँको शैक्षिक अवस्था र समस्याबारे शिक्षक, कर्मचारी र अभिभावकसँग छलफल गरे ।


तपाईको प्रतिक्रिया