
श्री लालीगुराँस युवा क्लवको आयोजनामा महोत्सव आगामी वैशाख ४ गतेदेखी ८ गते सम्म धम्पुसको पृथ्वीनारायण माविको प्रांगणमा हुनेछ । महोत्सव संचालन गर्न रु।२५ लाख रुपैयाँ खर्च र करिब १ लाख दर्शकहरुले अवलोकन गर्ने अनुमान गरिएको छ ।क्लवका अध्यक्ष आसिम गुरुङ्का अनुसार पर्यटन उद्योगको विकास गरि धम्पुस आसपासमा युवाहरुलाई रोजगारी प्रदान गर्ने, खेलकुद प्रतियोगीता मार्फत पर्यटन आवागमनको दर बढाउने, खेलकुदको संरक्षण तथा विकास गर्ने, लोक संस्कृतिको जगेर्ना, संरक्षण एंव संम्वद्र्धन गर्ने, शैक्षिक जागरणमा टेवा पुर्याउने लक्ष्य महोत्सवले लिएको छ ।
यस्तै सांस्कृतिक भेषभुषाको संरक्षण गर्ने, कृषी कार्यक्रममा कृषकहरुको पहुँच वृद्धि गरि बजारको विस्तार गर्ने, कला तथा हस्तकलाको विकास तथा बजारीकरण र साँस्कृतिक कार्यक्रमहरुको पहुँच अभिवृद्धि गर्ने लगायतका लक्ष्य तथा उद्देश्यहरु राखिएका अध्यक्ष गुरुङ्ले बताए ।महोत्सवको मुख्य आकर्षणमा पुरुष तथा महिला भलिवल प्रतियोगीता, खुल्ला लोकदोहोरी गीत प्रतियोगीता, माछापुच्छ्रे गाँउपालिका अन्तर वडा झाँकी प्रतियोगीता, कृषी तथा हस्तकला प्रदर्शनी, छेलो प्रतियोगीता, रस्साकस्सी प्रतियोगीता, स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती र लाईभ कन्सर्ट लगायत रहेका छन् ।पुरुष भलिबल प्रतियोगीताको विजेतालाई रु।१ लाख तथा महिला भलिवल प्रतियोगीताको विजेतालाई नगद रु.४० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । समुन्द्र सहतदेखी १६५० मीटरको उचाईमा रहेको धम्पुसमा २०३४ सालदेखी विभिन्न प्रकारका प्रर्वद्धनात्मक कार्यक्रमहरु हुदै आएका जानकारवालाहरुले बताएका छन् ।