(अमरकृष्ण चन्द) काभ्रेपलान्चोक । बेलर इनटरनेशन स्कूल बनेपाले दोस्रो लिटल मास्टर एण्ड प्रिन्सेस २०१८ छानेको छ । विद्यालयमा अध्ययनरत कक्षा ५ सम्मका विद्यार्थीहरु समावेश दोस्रो लिटल मास्टर एण्ड प्रिन्सेस २०१८ को लिटल मास्टर आर्यन बजगाईं र लिटल प्रिन्सेस मेगिना भोछिभोया हुन सफल भएका थिए ।

 

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोला थापाले बेलर इन्टरनेशनल स्कूलले शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै छाप छोडेको बताए । थापाले भने बेलरले विद्यार्थीहरुलाई किताबी ज्ञान मात्र नदिई उनीहरुलाई जिवनोपयोगी ज्ञान पनि बाँड्दै आएकोले बेलरको आम अभिभावककमा गहिरो छाप रहेको बताए । विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि यस्ता कार्यक्रम उपयोगी हुने देखेर नै बेलरले यस्ता थुप्रै अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुलाई सहभागी गराउँदै आएको थापाको भनाइ थियो । उनले भने–‘गाुणस्तरीय शिक्षामा जोड दिदै विद्यार्थीहरुको क्षमता अभिवृद्धि गराउँदै बेलरलाई नमुना विद्यालय बनाउँदै लानेछौं ।’
त्यस्तै फस्ट रनर अफ प्रजय बञ्जारा र सेगिना भोछिभोया तथा सेकेण्ड रनर अफ प्रतिक बिष्ट । दिपीका घिमिरे हुन सफ भएका थिए । प्रतियोगिताका विभिन्न टाइटल उपाधी मध्ये बेष्ट डिसिप्लिन इभ्रान बस्नेत र प्रिया दर्शन पाण्डे, बेष्ट फेण्डसीपमा दावा शेर्पा र यजस्वी प्रजापति, बेष्ट कण्फिडेन्समा लक्ष्मण थापा र रितिका बञ्जाराले प्राप्त गर्न सफल भएका थिए ।

 

मिसन हिमालयका उपाध्यक्ष श्रीमति चारु चन्द ठाकुरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा काभ्रे जेसिजका अध्यक्ष उमेश मानन्धर, प्रेस युनियन काभ्रेका अध्यक्ष कपिल कोईराला, प्रेस चौतारीका अध्यक्ष भुवन रायमाझी लगायतको आतिथ्यता रहेको थियो । त्यस्तै बेलर इन्टरनेशनलका कार्यकारी निर्देशक इन्दु थापा, निर्देशक रामकुमार बस्नेत, क्याम्पस प्रमुख वीरबहादुर थापा लगायतको उपस्थिति रहेको थियो । व्यवस्थापन समितिका अध्यक्ष भोला थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य बेलर इनटरनेसनलका प्रबन्ध निर्देशक पवन थापाले स्वागत मन्तव्य दिएका थिए । प्रतियोगिताका प्रमुख निर्णयक निर्णय श्रेष्ठ ‘एनएसके’, अम्बिका तिमल्सिना, सचित खड्का रहेका थिए ।

 

कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले मौलिक संस्कृति झल्कने लोक नृत्यका साथै विविध मनोरन्जनात्मक प्रस्तुति पस्केका थिए । सोहि अवसरमा बेलर स्कूल प्राङ्गणमा शैक्ष्ँिक प्रदर्शनी पनि आयोजना गरिएको थियो । प्रदर्शनीमा कक्षा ६ देखि कक्षा १२ सम्म्का विद्यार्थीहरुले विज्ञान लगायत विभिन्न विषयका स्टलहरु संचालन गरेका थिए । आफ्ना क्षमता अनुसारको विद्यार्थीहरुले प्रदर्शनीमा सहभागिता जनाएका थिए । त्यस्तै विज्ञान तथा व्यवस्थापन संकायका विद्यार्थीहरुले होटल व्यवस्थापन, ट्राभल एण्ड टुरिज्म, कम्प्युटर लगायत खानाका स्टल राखेका थिए । प्रदर्शनीमा करिव १५०० जनाले अवलोकन गरेको विद्यालयका कार्यकारी निर्देशक इन्दु थापाले जानकारी दिए ।


तपाईको प्रतिक्रिया