काठमाडौं ।  विश्वचर्चित टेलिभिजन फ्रेन्चाइज आइडलको नेपाली संस्करण नेपाल आइडलको दोस्रो सिजनको अडिसन सुरु हुँदै छ । पहिलो अडिसन भैरहवाबाट सुरु हुन लागेको हो । भैरहवाको अंचलपुरस्थित (नेपाल आयल निगमको अगाडी) जेसिज किन्डर गार्डेन हाई स्कूलको प्राङ्गणमा नेपाल आइडलको अडिसन दोस्रो सिजनको पहिलो अडिसन हुन लागेको हो । भैरहवामा अडिसन भएपछि क्रमश धनगढीमा चैत ११ गते, हेटौडाँमा बैशाख ३ गते, धरानमा बैशाख ८ गते, पोखरामा बैशाख १४ गते अडिसनका लागि मिति तोकिएको छ । यद्यपी काठमाडौंबाट भने अडिसनको मिति तोकिसकिएको छैन ।

भैरहवामा अडिसनको सम्पुर्ण तयारी भइसकेको र मंगलबार बिहान ७ बजे देखि अडिसन सुरु हुने एपीवान एचडी टेलिभिजनका निर्देशक सुरेश पौडेले जानकारी दिए । उनका अनुसार अडिसनमा एक हजार २ सय देखि एक हजार ५ सयसम्म संगीतप्रेमीहरु सहभागी हुने अनुमान गरिएको छ । प्रतियोगिताको निर्णायकमा संगीतकार न्ह्यु बज्राचार्य, कालीप्रसाद बासकोटा र गायिका इन्दिरा जोशी छन् । त्यस्तै अडिसनको सञ्चालन नायक अशिम शाह र रीमा विश्वकर्माले गर्ने आयोजकले जनाएको छ । अडिसनको प्रशासरण एपीवान एचडी टेलिभिजनबाट हुनेछ ।

पहिलो नेपाल आइडलमा बुद्ध लामा विजयी भएका थिए ।


तपाईको प्रतिक्रिया