०७ चैत्र २०७४, धुलिखेल ।  बेथानचोक गाउँपालिका भित्रका अगुवा किसानका लागि दुई दिने प्राविधिक तालिम शुरु भएको छ ।
ग्रामीण समाज कल्याण संघ अर्सो नेपालको समन्वय र मर्सिकोर नेपालले आर्थिक सहयोग रहेको तालिममा बेथानचोक गाउँपालिका वडा नं १, २, ३ र ५ का १२ वटा किसान समुहका अगुवा किसानहरुको सहभागिता रहेका छन् ।

आर्सो नेपालका कार्यक्रम संयोजक माधावराज मैनालीले दिएको जानकारी अनुसार तालिम दुई दिन सम्म संचालन हुनेछ । यसैगरी मैनालीका अनुसार तालिममा जिल्ला कृषि विकास कार्यालयका प्रमुख दुर्ग पण्डितले सहजीकरण गरिरहेका छन् । तालिममा तरकारी विउ त्यसका प्रकार र गुणस्तरिय विउ, मौसमी तथा बेमौसी तरकारी नर्सरी व्यवस्थापन र तरकारी वालीका मुख्य रोगहरु बारे सहजीकरण हुनेछ ।


तपाईको प्रतिक्रिया