(किरण थापा) चैत ०६ मेलम्ची । हेलम्बु गाउँपालिका वडा नं ५ शिरिसेका टेम्बु भनेर चिनिने ४२ वर्षीय सुनिल तामांग चैत ४ गतेदेखि हराइरहेका छन् । हराएका सुनिललाई हिजो राति तालामारांगमा हल्ला गरेकाले प्रहरीले नियन्त्रणमा लिएको थियो । तामामारांग प्रहरी चौकीका असई राजु केसीले तामांगलाई कपडा खोली कुटेर पठाइदिएको असई केसीले स्वीकार गरेका छन् ।

हल्ला गर्ने तामांगलाई प्रहरीले नियन्त्रणमा लिएपछि किन गाउँमा खबर नगरि त्यत्तिकै छाडिएको भनेर आज बिहान शिरिसेबासीले चौकी घेराउ गरेका थिए । प्रहरी चौकीम असई केसीसँग कुरा गर्दा बहुलाजस्तो रैछ, दुईचार थप्पड लगाएर पठाइदिएको भन्ने भनाइ आएको सुनिल तामांगमा दाइ मंगले तामांगले बताउनुभयोनुभयो ।


तपाईको प्रतिक्रिया