(किरण थापा) चैत ०६, मेलम्ची । मेलम्ची नगरपालिका वडा नं १० शिखरपुरमा संचालित रातमाटे खानेपानि आयोजना उद्घाटन एंव जिम्मेवारी हस्तान्तरण कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटिका जिल्ला संयोजक राजेन्द«मान ताल्चाभडेलले कार्यक्रमको उद्घाटन गर्नूभएको हो ।

उद्घाटन् समारोहलाइ सम्बोधन गर्दै उहाँले भूकम्पको बिनाससँगसँगै बिकास पनि आएको र अहिले बनाएका धाराहरु संरक्षण गर्नू पर्ने र सँरक्षण नगरेमा फेरी पनि बिकासको अबसर नआउने बताउनुभयोनू भयो । बिशेष अतिथि मेलम्ची नगरपालिकाको १० नं वडा अध्यक्ष भक्तबहादुर खड्काले सधै भरी सरकारले वा सहयोग दाताले मात्र सहयोग नगर्ने भन्दै यस्लाइ संरक्षण गर्न सम्पूर्ण लाभग्राहि लाइ आग्रह गर्नूभयो । खानेपानि समितिका अध्यक्ष देबेन्द« कार्किले रेडक्रसले धेरै राम्रो काम गरेको भन्दै यस्लाइ संरक्षण गर्नू हामि सबैको दायित्व रहेको बताउनुभयोनुभयो ।

रेडक्रसले शिखरपूरमा ११० घर धूरीका लागि १९ वटा धारो बनाएर रातमाटे खानेपानि आयोजना उपभोक्ता समितिको दायित्वमा हुने गरी जिम्मेवारी हस्तान्तरण गर्ने र स्वामित्व ग्रहण गर्ने कार्य तिनैपक्षको सहिछाप गरी कार्यक्रमको सम्पन्न भएको छ ।


तपाईको प्रतिक्रिया