(किरण थापा) चैत ६, मेलम्ची । बहुप्रतिक्षित मेलम्ची खानेपानि आयोजनाको मुहान अम्बाथानमा खानेपानि तथा सरसफाई मन्त्रि बिना मगरले स्थलगत निरीक्षण गनुृभएको हो । आयोजनाको निरीक्षणको क्रममा मन्त्रि सेरबहादुर देउवालमगरले १७ बर्ष भईसक्दा समेत सम्पन्न नभएको प्रचि चासो राख्नुभएको थियो । आयोजनाको काममा विभिन्न समयमा ठेकेदारले कामदारको तलब नदिएको कारण पनि आयोजनाको काम पटकपटक रोकिएको छ । केहि समय अगागि पनि काम रोकिएको थियो । आईतबारबाट मात्र सुरुङ्ग निर्माणको काम काम सुरु भएको छ ।

सन २००९ मा मेलम्ची आयोजनाको सुरुङ निर्माण काम चाइना रेल्वेले सुरु गरेको थियो । चाइना रेल्वेले सन् २०१३ को सेटेम्बरसम्म काम सक्ने गरी ठेक्का सम्झौता गरेको थियो जसमा साढे ४ वर्षमा २७ किमी सुरुङ निर्माण सम्पन गर्नु पर्नेमा साढे तीन वर्षमा बल्लतल्ल ६ किमी मात्र सुरुङ खनेर सन् २०१२ को सेप्टेम्बरमा चाइना रेल्वेले एकतर्फी ठेक्का सम्झौता तोडेको थियो । समयमै आयोजना सम्पन्न गर्ने भए थप ४ अर्बभन्दा बढी रकम चाइना रेलवेले माग गरेपछि मेलम्ची विकास समितिले ठेक्का सम्झौता रद्द गरेको थियो । बाँकी कामका लागि मेलम्ची खानेपानी आयोजनाले डिसेम्बर २०१२ मा मुहान र सुरुङ निर्माणका लागि टेन्डर आह्वान गरेको थियो । टेन्डरमा चीन, जापान र इटालीका कम्पनीहरूले आर्थिक र प्राविधिक प्रस्ताव हालेका थिए । सन २०१३ मा इटालीयन कम्पनी को–अपेराटिभा मुरातोरी एन्ड केमेन्टेस्टी (सीएमसी) र भारतको दि—रेभेनाको संयुक्त उपक्रमले बाँकी २१ किलोमिटर सुरुङ सन् २०१६ को सेप्टेम्बरमा खनिसक्ने गरी सरकारसँग ७ अर्ब ७२ करोड रुपैयाँमा ठेक्का लिई काम सुरु गरेका थिए । मेलम्ची आयोजना तीन चरणमा सम्पन्न गरी दैनिक ५१ करोड लिटर पानी काठमाडौं उपत्यका पु¥याउने सरकारी योजना छ ।

सिन्धुपाल्चोकको मेलम्ची, यांग्री र लार्के खोलाबाट १७÷१७ करोड लिटर पानी काठमाण्डौं लगिने जनाइएको छ ।

 

 


तपाईको प्रतिक्रिया