(किरण थापा) मेलम्ची ।बैकल्पिक उर्जा प्रबर्धन केन्द्रको सहयोग, मेलम्ची नगरपालिका र सामुदायिक बिकास तथा बाताबरण संरक्षण मन्च सिन्धुपाल्चोकको सहकार्यमा आज मेलम्ची नगरपालिका ७ र ८ मा सोलार बत्ती प्रदान गरिएको छ । भुकम्प प्रभाबित १८११ घरधुरीलाइ सोलार बति प्रदान गरिएको हो ।

१० वाट क्षमताको सोलारबाट ३ वटा बति बाल्न, मोबाईल चार्ज गर्न र रेडियो सुन्न मिल्ने बताइएको छ । यो सोलारले रास्टिय प्रसारण केन्द्रको भार कटौतीमा सहयोग पुग्ने मञ्चका प्रसासकीय अधिकृत मधुसूदन सापकोटाले बताउनु भयो । मेलम्ची नगरपालिकाका प्रमुख डम्वर अर्यालले ९४ वर्षीय बिरमान तामाङलाई सोलार हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । अब पाल्चोकमा केही दिनमा नै बितरण गरिने संस्थाले जनाएको छ । यसअघि फुल्पिङडाँडामा पनि सोलार बति बितरण गरिएको र अब दोस्रो चरणमा सिन्धुपाल्चोकका ११ हजार घरधुरिलाइ सोलार बितरण गरिने संस्थाले जानकारी दिएको छ ।


तपाईको प्रतिक्रिया