(किरण थापा) मेलम्ची । मध्यपहाडी लोकमार्ग र हेलम्बु राजमार्ग जोड्न मेलम्ची नगरपालिका १२ बाहुनेपाटीमा बन्दै गरेको पक्कि पुलमा जोखिममा परेको छ । इन्द्रावती नदिमा रहेका क्रसर तथा अन्य मानिसहरुले पुल बन्ने स्थानको ५०० मिटर वरीपरि गिट्टी बालुवा ननिकाल्न मेलम्ची नगरपालिकाका तथा इन्द्रावती गाउँपलिकालाई सडक डिभिजनले पत्रमार्फत जानकारी गराइएको तर अहिले गिट्टी बालुवा निकालिरहेकोले पुल पक्की बन्न नसक्ने ठेकेदार कम्पनी टुन्डीका साइड इन्चार्ज कुलबहादुर श्रेष्ठले बताउनुभयो ।

टुन्डी एण्ड शर्मा ठेकेदार कम्पनीले मिलेर पुल निर्माणको काम गरिरहेकोे छ । अहिले पुलको २ ओटा पिल्लरको रेफ ढलान सकिएको र तेस्रो पिलरमा धमाधम पिपिसीको काम भइरहेको छ । तर बन्दै गरेकोले यो नियम अहिले लागु नहुने र पुल बनिसकेपछि आफूहरुले कडाई गर्ने इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरिक्षक परशुराम मल्लले बताउनुभयो । तर यस बारे मेलम्ची नगरपालिकालाई कुनै पत्र नआएको र आफूलाइृ केही थाहा नभएको मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपाल बताउनुहुन्छ ।

बनेका तथा बन्दै गरेका यस्ता संरचना जोगाउन समयमै ध्यान दिनुपर्नेमा स्थानीयले जोड दिएका छन् ।


तपाईको प्रतिक्रिया