(किरण थापा) मेलम्ची । मेलम्ची नगरपालिकाको सिन्धुकोटमा विद्युत आपुर्ती अबरुद्ध भएको छ । गाँउगाँउको विकासका नाममा खनिएका मोटर बाटोको कारणले गर्दापनि विद्युत सेवामा असर परेको छ । हावाहुरीको कारण जिर्ण रहेको काठको पोल भाँचिएपछि विजुलिको तार बाटोमा लत्रिएको छ ।

जसका कारण बाटो हिंड्न नै समस्या भएको स्थानियले बताएका छन् । साथै विद्यालय जाने गरेका बालबालिकाहरु पनि प्रभावित भएका छन् । विद्यालय गएका बालबालिका कतै विजुलिबाट हुने दुर्घटनामा पर्ने त होईन भन्ने अभिभावकमा चिन्ता बढेको छ । सिन्धुकोटमा रहेको एनटिसि, एनसेल र स्र्माट लगाएतका दुरसञ्चार सेवा प्रदायक टावरमा पनि समस्या देखिएको टावरका प्राविधिक सुविन श्रेष्ठले जानकारी दिनुभयो । साथै सो स्थानमा रहेका व्यावसायहरुमा पनि समस्या देखिएको छ ।

विषेशगरी कुखुरापालक किसानहरु बढि मर्कामा परेका छन् । थाक्लेमा कुखुरापालन व्यावसाय सञ्चालन गर्दै आउनुभएका पुर्ण थापा भने आफुले केहि दिनअधि मात्र हालेको चल्ला मर्ने हो कि भन्ने चिन्ता रहेको बताउनुहुन्छ । स्थानियले पोल भाँचिएको र विद्युत सेवा नभएको प्राधिकरणलाई जानकारी दिएपनि वेवास्तागरेको स्थानियको गुनासो छ । तर प्राधिकरण भने स्थानिय आफैंले बाटो विस्तारका क्रममा तार चुंडाल्ने र पोल भाँच्ने गरेको आरोप लगाएको छ ।


तपाईको प्रतिक्रिया