(किरण थापा) मेलम्ची । भूकम्पपछि बन्द भएको कोदारी राजमार्ग अब सञ्चालनमा आउने भएको छ । कोदारी राजमार्ग खोल्ने कुरालाई राजनीतिक मनोरन्जन नबनाइ नाका अविलम्ब खोल्न त्याँहाका स्थानियले माग गरेका छन् । भौगर्भिक अध्ययन गरी, बाटो घाटो र पुल निर्माण गर्नुपर्ने स्थानियको माग रहेको छ ।

बाढी पहिरो र भूकम्पको चपेटामा परेको कोदारी राजमार्गको पुनःनिर्माणले स्थानियमा खुसियालि छाएको छ । तातोपानीसँग सम्पर्क विच्छेद भएकाले लार्चा पुल निर्माणलाई पहिलो प्राथमिकतामा राखेर राजमार्गको मर्मत सम्भार तथा पुनःनिर्माणको काम थालेको बताईएको छ । बेलिब्रिजको ठेक्का पाएको बन्धन भगवति निर्माण सेवा प्रालिका प्रमुख मुकेश पन्तका अनुसार सबै काम सकिएको तर कंक्रिटलाई केहि दिन राखि प्राविधिकको चेकजाँचपछि मात्र सञ्चालनमा ल्याउने तयारी भईरहेको छ । ५० मिटर लामो सो बेलिब्रिजमा एउटामात्र गाडि पास हुने बनाईएको ठेकेदार कम्पनीले जनाएको छ । निरन्तरको वर्षासँगै आएको बाढीले भोटेकोशी गाउँपालिका–३ मा रहेको लार्चा पुल गत साउन ८ गते बगाएको थियो ।

करिब ७० मिटर लामो उक्त पक्की पुललाई ठूलाठूला ढुङ्गासहित खसेको पहिरोले पुलको बीचभाग भाँचिएपछि आवागमनमा समस्या भएको थियो । पहिरोले पुलको बीचभागमा भाँचिएको भाँचिएपछि यातायात अबरुद्ध भएको थियो । तातोपानी र फुल्पिङकट्टी जोड्ने लार्चा पुल बगाएसँगै तातोपानीसँगको सडक सम्बन्ध टुटेको थियो । स्थानीयवासी साङदोर्जे शेर्पाले फुल्पिङकट्टी र तातोपानी जोड्ने लार्चा पुल पुनःनिर्माण हुने भएपछि सहजै ओहोरदोहोर गर्न पाउनेमा खुसि व्यक्त गर्नुभएको छ । तातोपानी नाकामा नेपालतर्फ भन्सार, अध्यागमन, सीमा सुरक्षालगायत सबै सरकारी निकाय र कार्यालय राखिए पनि चीनतर्फ कुनै सरकारी अधिकारीको उपस्थिति छैन । हाल सीमित सुरक्षाकर्मीले सीमाको सुरक्षा गरिरहेका छन् । प्रमुख जिल्ला अधिकारी आशमान तामाङले राजमार्ग विस्तार र सरकारी संयन्त्रको पुनःस्थापनाका लागि पहल भइरहेको बताउनुभएको छ । तातोपानी नाका सामान्य नाका नभई रणनीतिक महत्वको नाका भएकाले चीनले उठाएका केही विशिष्ट मागलाई सम्बोधन गर्नुपर्ने उहाँको भनाइ छ ।


तपाईको प्रतिक्रिया