०६ चैत्र २०७४, धुलिखेल । सञ्चार तथा सूचना मन्त्री गोकुल बास्कोटाले विकास र समृद्धिमा सरकारले चालेको अभियानमा जनता सबैले हातमा हात, काधमा काध गरेर अगाडि बढ्नु पर्ने बताए । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा धुलिखेल नगरपालिकाको दोस्रो नगरसभामा सम्बोधन गर्दै मन्त्री बास्कोटाले अबको समय भनेको देश बिकास र निर्माणको लागि भएको बताए ।

तस्बिर : सुरज श्रेष्ठ

 

‘अबको समय निमार्ण, निमार्ण, पुन पनि भन्छु निमार्णका लागि हो, कसैको विरुद्ध होइन्,’नेपालका निम्ती, मानवीय स्वतन्त्रता र मानवीय विकासका लागि सरकारले काम गर्दछ ।’मन्त्री बास्कोटाले यो वा त्यो नाममा सरकार कसैको विरुद्धमा नलाग्ने भन्दै विकास समृद्धि र रोजगारी सृजनाका सरकार प्रतिबद्ध भएको बताए । नेपालमा सम्भावना भएको भन्दै उनले अब सम्भावनालाई कार्यान्वयन गर्ने बेला आएको बताए ।


तपाईको प्रतिक्रिया