(अमरकृष्ण चन्द) भक्तपुर / छैठौं तेक्वान्दो आइटिएफ नेपाल प्रतियोगिता भक्तपुरको मदरल्याण्ड स्कूलमा सम्पन्न भएको छ । तेक्वान्दो आई टि एफ नेपालको आयोजना तथा मदरल्याण्ड स्कूल सूर्यविनायक भक्तपुरको संयोजनमा सम्पन्न छैठौं अन्तर विद्यालय तेक्वान्दो आईटिएफ प्रतियोगितामा काभ्रेको महेन्द्र मा.वि. प्रथम हुन सफ भएको छ भने मदरल्याण्ड स्कूल दोस्रो र जनज्योती माविले तेश्रो हुन सफल भएका छन् ।

 

मदरल्याण्ड स्कुल भक्तपुरमा सम्पन्न प्रतियोगितामा काभ्रेको महेन्द्र माविले ५ स्वर्ण, ५ रजत र ८ काश्य गरी प्रथम उपाधि चुम्न सफल भयो भने आयोजक मदरल्याण्डले ४ स्वर्ण, ३ रजत र ३ काश्य कब्जा गरी द्धितीय स्थान हात पार्न सफल भएको छ। त्यसै गरी ४ स्वर्ण, १ रजत र ३ काश्यका साथ जनज्योती माविले तेश्रो स्थान प्राप्त गरेको छ । विजेता खेलाडिहरुलाई प्रमुख अतिथि जिल्ला खेलकूद विकास समिति भक्तपुरका अध्यक्ष दिलीप केसी, तेक्वान्दो आईटीएफ नेपालका उपाध्यक्ष सुरेन्द्र खत्री लगाएतले पदक तथा प्रमाणपत्र वितरण गरेका थिए । यस किसिमको प्रतियोगिताले विद्यार्थीहरुमा अनुशासनको विकास हुने र राष्ट्रले पनि राम्रो खेलाडि पाउने हुनाले हरेक वर्ष यस्ता प्रतियोगिता आयोजना गर्दै जाने कुरा आइटिएफ नेपालका संस्थापक अध्यक्ष लक्ष्मण बस्नेतले कार्यक्रममा बताए ।

 

प्रतियोगितामा भक्तपुरको मदरल्याण्ड, जगाती भक्तपुरको विद्या विकास, काभ्रेको महेन्द्र मावि, जनज्योती मावि, नाइटनिंगेल स्कुल, श्री गणेश मावि, विकटेश्वर मावि, ज्ञानकुन्ज मावि, चक्रज्योती मावि, बालुवाटार काठमाण्डौंको हिमाल एकेडेमी र ललितपुरको पूर्ण चण्डी स्कुल गरी ११ विद्यालयहरुमा रहेका थिए । उपत्यका र काभ्रे गरी ११ स्कूलका १७० विद्यार्थी सहभागीहरु बिच प्याट्रन र स्पाइरिगं गरी कूल २२ स्वर्ण, २२ रजत र ४४ काश्य पदकका लागि प्रतिस्पर्धा भएकोमा प्रतियोगिताको उत्कृष्ट खेलाडि छात्र तर्फ मदरल्याण्ड स्कूलका अमृत माझी र छात्रा तर्फको उत्कृष्ट खेलाडि जनज्योती माविकी रेश्मा लुगंली बन्न सफ भएका थिए ।


तपाईको प्रतिक्रिया