०६ चैत्र २०७४,  बनेपा । मुटुलाई जोगाउन,दौडाउन र बलियो बनाउन कृयाशिल रहेको नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे शाखाको २३ औं साधारण सभा काभ्रेको बनेपामा भव्य र सभ्य रुपमा सम्पन्न भएको छ । नेपालमै नमूनाकार्यको थालनीगर्दै काभ्रेलीजनताको न्यानो मायापाउन सफलनेपालहृदयरोग निवारण प्रतिष्ठान काभ्रे शाखाको २३ औं साधारण सभाले नयाँकार्यसमितिको समेत चयन गरेको छ ।शाखाको सभापति हरिभक्तभोछिभोयाको सभापतित्वतथा ३ नं. प्रदेशको सभासद बसुन्धरा हुमागाईको प्रमुखआतिथ्यमा सम्पन्नउक्त सभामा नेपालहृदयरोग निवारण प्रतिष्ठानको नवनिवार्चित अध्यक्षदीपेन्द्रपुरुष ढकालको स्वागततथा सम्मानगरिएको थियो । शुभकामनामनतब्य राख्नु हुँदै उहाँले मुलुककापाँच सक्रियजिल्लाशाखाहरुमाकाभ्रे जिल्लापनि एक हो भन्नुहुँदै वहाँले शाखाको कार्यक्रमहरु जिल्लाको अन्य क्षेत्रहरुमापनिविस्तार गर्न उपशाखाहरुको गठनगर्न सुझावदिनुभयो ।

प्रमुखअतिथिप्रदेश सांसद श्री बशुन्धरा हुमागाइले २३औ साधारण सभाको उदघाटन गर्नु हुँदै शाखाले गर्दैआएको कार्यको प्रशंसा गर्नुहुँदै उक्तशाखालाई आफ्नो तर्फवाट सक्दो सहयोग गर्ने प्रतिवध्दताजनाउनु हुँदै वहाले आफू पनिउक्तशाखाको अति विशिष्ठ सदस्यहुने जानकारी दिनुभयो । सभामा बनेपा ९ अरनिको राजमार्ग निवासीश्री सुरेश भैलले आफ्नो स्वर्गियपिताको सम्झनामा रु एकलाखएकहजार एक रुपैयाको चेक अक्षयकोषको लागि चेक प्रदानगर्नु भयो । उक्त समारोहमा प्रतिष्ठानको ललितपुरशाखा सभापति डा. पुष्पराजराजकर्णिकार, काठमाण्डु शाखाको सभापतिश्री बलरामश्रेष्ठ र भक्तपुर शाखाको सभापतिश्री जननीमूलहुनुहुन्थ्यो । बनेपा वडाका अधिकांश वडा अध्यक्षहरुको पनिउक्त सभामाउपस्थितथियो । उप सभापतिविमल सि.कु. श्रेष्ठको स्वागत भाषणवाट शुरु भएको उक्तसभामा सभाका सभापतिश्री हरिभक्तभोछिभोयाले मन्तब्यको क्रममा सबैलाई धन्यवाददिनुहुँदै उक्त सभाअन्त्यभएको घोषणा गर्नुभयो ।

उक्तअवसरमामतदानअधिकृत श्री यज्ञप्रसाद बैद्यले सभापतिपदमाश्री विमल सि.कु. श्रेष्ठ र अन्य सदस्यहरु श्री अशोककुमार श्रेष्ठ, श्री टीकाभक्त भोछिभोया, श्री गुब्रेन तौजले, सुश्री रामप्यारी श्रेष्ठ, श्रीमती रामप्यारी बज्राचार्य, श्री रोसन श्रेष्ठ, श्री हरिशरण श्रेष्ठ, श्रीमती निर्मला कायष्ठ श्री नवराज मानन्धर, श्रीमती कमला कर्माचार्य र श्री रुविन खडका काभ्रे जिल्ला शाखाको कार्यसमितिमा निर्विरोध निर्वा्चितभएको घोषणा गर्नु भयो । सभापतिश्री हरिभक्तभोछिभोयाले नवनिर्वा्चित सभापतिश्री विमल सि.कु. श्रेष्ठलाई बैठक पुस्तक हस्तान्तरण गरि सभापतिको जिम्मेवारी सुम्पन्नु भयो । यस अगाडि भएको बन्द सत्रको उद्घाटन गर्नुहुँदै जिल्ला समन्वय समितिकाभ्रेको अध्यक्षश्री उध्दव के.सीले मुटुरोग निवारणको क्षेत्रमाशाखाले गरिआएको कार्यक्रमको महत्वदर्शाउनु हुँदै आयोजकबर्गलाई धन्यवाद ज्ञापन दिनुभयो । विशेषअतिथी बनेपानगर पालिकाको प्रमुखश्री लक्ष्मीनरसिंह वादेले उक्तशाखाले गर्दै आएको कार्यक्रमको महत्वदर्शाउनुहुँदै बनेपा न.पा. र आफ्नो तर्फवाट हुनसक्ने सबै किशिमको मदतगर्ने बताउनु हुँदै सभाको सफलताको लागिशुभकामनाब्यक्तगर्नुभयो। सभामा सहभागी सभासदहरुको तर्फवाट डा. उत्तमकर्माचार्यले सभाको सफलताको कामनागर्दै भक्तपुर स्थित डा. ईवामुरा अस्पतालमा यश शाखावाट सिफारिस गरि पठाएका विरामीहरुलाई तोकिएको दररेटमा सहुलियतप्रदानगर्ने र आवस्यक परेमा अस्पतालको तर्फवाट यस शाखाको क्लिनिकलाई प्राविधिक सहयोग पनिउपलब्ध गराउन सकिने कुराको जानकारी दिनु भयो ।

उक्तसभाले सचिबको बार्षिक प्रतिवेदन र कोषाध्यक्षको बार्षिक आयब्ययविवरणलाई पनि सभाले सर्व सम्मतपारित गरियो । मतदानअधिकृत श्री यज्ञ प्रसाद बैद्यले सम्पन्ननिर्वाचनको प्रक्रियाबारे जानकारीदिनु हुँदै मतदानको नतीजा दोस्रो सत्रमा घोषणा गर्ने जानकारी दिनुभयो। अन्तमा सभाको सभापतिश्री हरिभक्तभोछिभोयाले प्रमुखअतिथि, नगरपालिकाप्रमुख, मतदानअधिकृत लगायत सबै सभाषदहरुलाई धन्यवाद दिनुहुँदै बन्द सत्र अन्त्य भएको घोषणा गर्नुभयो ।


तपाईको प्रतिक्रिया