(केशव पौडेल)- ०६ चैत्र २०७४, काभ्रेपलाञ्चोक । नीजि स्कूलमा पढ्ने विद्यार्थीलाई च्यूराको बोट समेत थाहाहुँदैन भने भन्ने समाजमा धेरै छन् । साँच्चै कितावी ज्ञान सबै सुगाले भने जसरी भन्ने तर बाहिरको ज्ञान उनीहरुलाई कमै थाहा हुन्छ तर काभ्रेको विद्या सागर स्कूलकाविद्यार्थी भने सोमवार विद्यालयको प्राङ्गणमा पुग्दा टपरी गाँसी रहेको भेटिए । हाम्रो समाजमा टपरी छोरीले मात्रै गाँस्ने भन्ने भ्रमलाई चिदैै छोराहरु पनिमज्जाले टपरी गाँसिरहेको अवस्थामा भेटिए । केहीअभिभावकहरु छोराछोरीले टपरी गाँसेको देख्दाजिब्रो टोक्दै आफूले समेत नजानेको कुरा छोराछोरीले गरेको भन्दै नजिकपुगेर हेर्थे ।

 

                        तस्बीर : केशव पौडेल

कितावी ज्ञानदिएर मात्रै विद्यार्थी पुर्ण नुहने निस्कर्ष सहितविद्यालयले नौलो कामको सुरुवात गरेको छ । दैनिकजीवनमाआवश्यक पर्ने विभिन्नकार्यहरु देखाँउदै विद्या सागर ईङ्गिश स्कूलकाविद्यार्थीले अभिभावकहरुलाई चकितपारिदिएकाहुन् । चकितनहुनु पनिकिनदुना टपरी बनाउने छोराछोरीले अभिभावकलाई आफूले सिकेको कुराको सुइको पनिदिएकाथिएनन् । विद्यालयले ब्रिटिश काउन्सिलसँगको सहकार्यमा संचालन गरेको फुड फेष्टिवलको प्रर्दशनी गरेको हेर्न पुगेका बनेपागोदामचोककाशंकर खनाल छोरीले कृतिकाले आनन्दले कपासवाट बत्तिपारिरहेका देख्दाअचम्ममा परे । दैनिकरुपमा घर पसलमाआवश्यक रहेको कपासको बत्तिआवश्यक परेपछि बजार जानुपर्ने बाँध्यता रहेको शंकरले छोरीले मज्जाले बत्ति काँटेको देखेपछि छोरीले कितावी ज्ञानसँगै दैनिकजीवनमाआवश्यक रहेको ज्ञान पाएपछि औधीखुसीलागेको सुनाए । छोरीले पारेको बत्तिभगवानलाई अर्पण गर्न पाउनु सौभाग्यभएको उनले सुनाए । अधिकाशं धार्मिक कार्यहरुमाआवश्यक पर्ने बत्तिसँगै दुना टपरी बुन्ने, अगरबत्तिबनाउने कार्यमाआफ्नो छोराछोरीले ज्ञान आर्जन गरेपछि अभिभावकहरु निक्कै हर्षित देखिएकाथिए । उनीहरुले आफ्ना छोराछोरी सँस्कारी भएकोमाखुसीव्यक्त गरेका छन् । छोरीले घरमाहजुरआमाको जस्तै फुर्तीमा टपरी बुनीरहेको पाएपछि अभिभावक महेश पौडेल टक्क रोकिए । उनले नजिकैवाट छोरीले टपरी बुनेको हेरिरहँदा छोरीले तत्कालै अब बजारमापुगेर टपरी किन्नआवश्यक रहेको बताएपछि उनले छोरीले व्यवहारिक शिक्षापाएकोमाऔधीखुसीव्यक्त गरे ।

 

 तस्बीर : केशव पौडेल

काभ्रेका संस्थागतविद्यालयहरुले विद्यार्थीहरुलाई यस्तो खालको सृजनात्मककार्यहरु संचालनगर्न सकेका थिएनन् । विद्या सागर स्कूलले कम्तिमाअभिभावकहरुलाई सहयोग मिल्ने प्रकृतीको सिपसिकाउने उदेश्यले विद्यार्थीहरुलाई दुना टपरी नाउने,अगरबत्तितथादियोमाप्रयोग हुने बत्तिकाद्न सिकाएको विद्यासागर स्कूलकाप्रिन्सिपल हिरा शर्माले बताए । ‘केहीदिनदेखि ईच्छूक विद्यार्थीहरुलाई हामीले तालिमदिएर कामगर्न सक्ने बनाएकाथियौ उनीहरुले घरमा समेत सिकेको कुरा बताएकाथिएनन् एक्कासीआफ्ना छोराछोरीले काम गरेको देखेर अभिभावकअचम्मितबन्नु भयो’शर्माले सुनाए । सामान्यतया छोरीहरुले मात्रै दुना टपारी गाँस्ने, अगरबत्तिबनाउने गरेपनिमज्जाले छात्राहरुले समेत टपरी गाँसिरहेका थिए । टपरी गाँस्नप्रयोग हुनेसालको रुख समेत नदेखेका उनीहरुले मज्जाले टपरी गाँसीरहेका थिए ।
‘बोर्डिङ स्कूलमा पढेका विद्यार्थीलाई केहीपनिआँउदैन भन्नेहरुकालागि यो राम्रो उदाहरण हो’ अभिभावकभुवनभोछिभोयाले भने । आफ्ना छोराछोरीले जीवनमासिक्नै पर्ने कुरा सिकेको भन्दै उनीहरुलाई यस्तै खालकाकार्यहरु आगामीदिनहरुमा समेत विद्यालयले सिकाउनआवश्यक रहेको बताए । विद्यालयले आगामीदिनहरुमा यस्तै रचनात्मककार्यहरु गरेर अभिभावकको मन जित्नआवश्यकरहेको अभिभावकले बताएका छन् । विद्या सागर स्कूलले हरेक बर्षको कुशेऔशीको दिनमाहजुरबुबा र हजुरआमाको सम्मानकार्यक्रमगर्दै आएको छ ।


तपाईको प्रतिक्रिया