सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको पश्चिमी भेगको विकट गाउँ भनेर चिनिने भोत्ताङ अर्थात (पाँचपोखरी गाउँ पालिका)मा यहि १० गते देखि अमिलो पानी महोत्सब तथा संस्कृतिक कार्यक्रम हुने भएको छ ।

१० गते देखि शुरु हुने उक्त महोत्सव तथा संस्कृतिक कार्यक्रमको उद्घाटन भने प्रमुख अतिथीका रुपमा रहेका पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामाले गर्ने आयोजकले जनाएका छ । उक्त महोत्सव मा कलाकार हरु जीवन बोम्जन, सानु वाइबा, कर्म बोम्जन, शुक्क तामाङ र स्थानिय कलाकारहरुको बिजोड प्रस्तुति रहने आयोजक ले बताएका छन।

स्थानिय बासीको पहलमा २०७३ देखि महोत्सव हुँदै आएको छ । महोत्सवमा अमिलोपानी पिउने आउनेलाई मनोरञ्जन र पर्यटन प्रबर्द्धन गर्ने उदेश्यले महोत्सवको आयोजना गरेको कर्म बोम्जनले बताए ।

त्यस क्षेत्रको भाषा, धर्म, कला, भेषभुषाका साथै बिबीध कार्यक्रमका साथ भब्य रुपमा महोत्सव आयोजना हुँदै छ । तामाङ जातिको बाक्लो बस्ती रहेको यस गाउँको अधिकाङ्श युवा भने भारतको दिल्ली, बेलायत, इजिप्ट, दुबाई अमेरिका लगाएतको देशमा रोजगारीको सिलसिलामा पुगेका छन् ।


तपाईको प्रतिक्रिया