४, चैत्र २०७४ – काभ्रेपलाञ्चोक । छोटो समयमा नै नाम कमाउन सफल भएको हिमालयन इन्टरनेशनल एकेडेमीले चौथो वार्षिकउत्सव एवं अभिभावक दिवस धुलिखेलको पार्टी प्यालेसमा भव्यताका साथ मनाएको छ ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दयाराम महतको सभापतित्वमा भएको थियो । “हाम्रो प्रतिवद्धता, गुणस्तरीय, व्यवहारिक र वैज्ञानिक शिक्षा” भन्ने मुल नाराका साथ सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्य धुलिखेल नगरपालिकाका उपप्रमुख बिमला शर्माले गरेकी थिइन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्यार्थी भनेको गिलो माटो भएकोले यसलाई जस्तो आकार दियो त्यस्तै बन्ने हुनाले उनीहरुलाई बनाउनको लागि शिक्षक, शिक्षिका र अभिभावकको महत्वपुर्ण जिम्मेवारी रहने बताए । त्यसैगरी अतिथिहरुमा विद्यालय संचालक समितिका अध्यक्ष प्रताप सिं लामा, सल्लाहाकार एवं समाजसेवी वेद प्रसाद कोजु, समाजसेवी राम प्रसाद अधिकारी, विद्यालयका प्रध्यानाध्यापक सि.वि तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए । मन्तव्यमा प्रध्यानाध्यापक लामाले आफुले धुलिखेल भित्रको उत्कृष्ट विद्यालय बनाउने प्रतिवदता व्यक्त गरे । विद्यालयलाई पार्टीगत र जातिवादको आरोप नलगाईदिन सबैमा अनुरोध गर्दै नयाँ शैक्षिकसत्र देखि कक्षा सात पनि संचालन हुने जानकारी दिए ।


अन्य अतिथिहरु इमानुयल बोर्डिङ स्कुलका कार्यकारी निर्देशक उदय भुषण जंगम, व्यवस्थापन समितिका पृथ्वीमान तामाङ, टिना लामा, रामकुमार श्रेष्ठ, हिरा बहादुर तामाङ, पुर्ण संजीवनी लंखनामाई मा.वि का स्रोत व्यक्ति रामशरण बजगाई, गायिका अनिशा लामा लगायत रहेका थिए । कार्यक्रममा वार्षिक परिक्षा र अतिरिक्त कृयाकलापमा प्रथम, द्वितिय, तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । साथै यो वर्षको उत्कृष्ट शिक्षिका निता थामी र उत्कृष्ट अभिभावकलाई सम्मान गरिएको थियो । विद्यार्थीहरुले गायन र नृत्य प्रस्तुती देखाएर सबैलाई मनोरञ्जन प्रदान गरेका थिए ।


तपाईको प्रतिक्रिया