(केशव पौडेल) काभ्रेपलाञ्चोक । काभ्रेका पूर्व प्रमुख जिल्ला अधिकारी केदार न्यौपानेले सामाजिक संञ्जालमा धुलिखेलदेखि पाँचखालसम्मको सडकलाई डेर्जट सफारी अर्थात मरुभुमीको यात्राभन्दै सामाजिक संञ्जालमा व्यंङ्ग गरेका छन् ।

तस्बीर : केशव पौडेल

दैनिक सयांैको संख्यामा सवारी साधनहरुको आवागमन हुने सो सडकमा गुणस्तरिय कालोपत्रे हुँदाहुँदै सडक निर्माण गर्ने बहानामा सडक विभागको अनुमतीमा मोतिदान कन्ट्रक्सन काठमाण्डौले सडकको कालोपत्रे भत्काएपछि सामाजिक संञ्जालमा मरुभुमीको यात्राको रुपमा विश्लेषण भएका छन् । राम्रो र गुणस्तरिय सडक बन्ने आशामा महिनौं मौन बसेका यात्रुहरु ठेकेदार कम्पनीले धुलो रोक्न कुनै प्रयास नगरेपछि उनीहरुले आफ्नो समस्या सामाजिक संञ्जालमा व्यक्त गरेका छन् ।पाँचखालका निरञ्जन अधिकारीले सामाजिक संञ्जालमा यस्तो लेखेका छन् ‘सडक नभत्काउँदा धुलिखेलवाट पाँचखाल बल्ल २५ मिनेटमै पुगिन्थ्यो तर अहिले धुलो खाएर २ घन्टामा आरामले पुगिन्छ’ । दैनिक दुई पटक सो सडकमा ओहोर दोहोर गर्ने स्थानीय शिक्षक रुपेश नेपालले धुलो र हिलोको कारण ज्यान जोखिममा परेको सुनाउँछन् । भ्याट बाहेक १५ करोड लागतमा बन्न लागेको सडक भन्दै बलियो कालोपत्रे अघिल्लो जेठमा ठेकेदार कम्पनीले उखेलेपछि धुलिखेलदेखि खाँवासम्म धुलो र हिलोले समस्या सृजना गराएको हो । स्थानीय बासिन्दाले पटक–पटक प्रशासनलाई धुलो र हिलोले समस्या निम्ताएको भन्दै जानकारी गराएको दिनमा पानी छर्कने काम भएपनि अरु समयमा यात्रुहरु कष्टकर रुपमै यात्रा गर्न बाँध्य भएका हुन् ।

तस्बीर : केशव पौडेल

बलियो र यात्रुहरुले सहज रुपमा यात्रा गर्ने कालोपत्रे सडक भत्काएको करिब एक बर्ष हुन लागेपनि निर्माण कम्पनीले काम नगरिदिदा अरनिको राजमार्गका यात्रुहरुले जोखिम मोलेर यात्रा गरिरहँदा समेत धुलिखेल नगरपालिका र पाँचखाल नगरपालिकाका स्थानीय सरकारहरु मौन रहेको आरोप यात्रुहरुले लगाएका छन् । यात्रुहरुले राम्रो सडक बन्ने आशामा अघिल्लो बर्षात र ठूला चाडपर्वहरु जोखिम मोलेर यात्रा गरेपनि अब यस्तो हालतमा यात्रा गर्न नसक्नेभन्दै समयमै सडक बनाईदिन अनुरोध गरेका छन् । सडक डिभिजन कार्यालय भक्तपुरले काभ्रेको धुलिखेलदेखि पाँचखालसम्मको १४ किलोमिटर सडक निर्माणको जिम्मा मोतिदान कन्ट्रक्सन काठमाण्डौलाई दिएको थियो । उनीहरुको निर्माण सम्झौतामा मंसिर मसान्तभित्र काम सम्पन्न गर्नुपर्ने भएपनि धुलिखेलदेखि खाँवासम्म भत्काएर छोड्दा सडकमा ठूला ठूला खाडलहरु परेका छन् । जसले साना र सवारी साधनहरुलाई समस्या परेको छ । खाडलको कारण र पानी परेमा तीन किलोमिटर सडक पार गर्नमात्रै झण्डै चार घन्टासम्म लाग्ने गरेको छ ।

 

ठेकेदार कम्पनीको लापरवाहीको कारण खावादेखि पाँचखालसम्म कालोपत्रे भएको सडक समेत भत्किन थालेपछि स्थानीयहरुको आक्रोश अझै बढेको छ । सडक डिजिजन कार्यालय भक्तपुरका ईञ्जिनियर सुर्दशन कार्की निर्माण भैरहेको कालोपत्रेको १२ ठाँउमा भत्किएका बताए । उनले वालको कमजोरी टिपरले पानी चुहाएको कारणले १२ ठाँउमा भत्किएको आफूहरुले मार्क गरेर ठेकेदारलाई तत्कालै मर्मत गर्न चिठ्ठी पठाएको बताए । ठेकेदार कम्पनीका प्रमुख रामबहादुर गौतमलाई पटक–पटक सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

 


तपाईको प्रतिक्रिया